Jump to content

Page:Munamadan.pdf/12

From Nepali Proofreaders
Revision as of 12:55, 7 March 2025 by Rbn (talk | contribs)
This page has not been proofread

यो हातलाई सुनको बाला दँदिलो सुहाऊँ,
रिनले थोत्रो घरको जग बलियो बनाऊँ,
भन्दैमा आशा मनमा उब्ज्यो, मनमा बिलायो,
उचालिहालेँ पयर ऐले, इच्छाले उठायो ।
ईश्वरमाथि, मुटु छ साथी जङ्घार तरुँला
असल गर्दा झन् बिघ्न परे बाटैमा मरुँला
पृथिवीपारि स्वर्गमा फेरि हे प्यारी ! भेटौँला !

मुना–

हे मेरा कृष्ण ! मुटुको गाँठो झन् कसी नबोल !
तस्वीर खिच्छु मनमा तिम्रो मुहार अमोल !
नफर्क प्यारा ! नलुकाऊ आँसु नयनमा ढल्मल !!
ह्लासाकी ठिटी, आँखाकी छिटी सुनमा कुँदेकी,
बुल्बुले बोली, गालाको बीच गुलाफ फुलेकी -
ती सबै खेलून् ती सबै नाचून् डाँडा र चहुरमा,
मलाई बिर्से यो आँसु पिर्ला भन्नेछु म डरमा,
सवारी हवस् अँध्यारो पारी घर शहरमा !
रुनु नै बल पुग्दैन रोई आँसुले हजूरमा !
अँध्यारोभित्र सम्झना बल्ली बिजुली-झलकमा
आँसुको वर्षा हुनेछ शीतल दुःखीको पलकमा [✸ 1]


Cite error: <ref> tags exist for a group named "✸", but no corresponding <references group="✸"/> tag was found