This page has not been proofread
५उपलले पलले थलमा यही ।
प्पूत बनी तँ बनी रज झर्दथिस् ॥
मन भरी नभरी करुणा रहोस्।
ल अब आबरु आ बरु आबरु॥”
(५७)
विनयले नयले नधपाइने ।
उभयले भयले . नहटाइने ॥
मधुर आशयले शयले पनि ।
पर धपाउन पाउन मुस्किल ॥
(५८)
पर सरी, रस रीस र रागकी ।
प॒वनकी वनकी कुसुमाङ्गिनी ॥
शारमदार-मुहार गुलाब छन् ।
ललित लोलित दोलित भाव छन् ॥
प्रकृत छन् कृतझड््कृत कान ती ।
सरसता रस ताल र ढङ्गकी ॥
(५९)
गरि गुहार मुहार निहारदी ।
पवनमा सुकुमार प्रहार दी॥
कुसुमरूप जुहार शिकार ती।
मधुपकी, घपकीकन लाल भै॥
अब बनिन् वनमा रति कामकी ।
(६०)
अघि सरी बिचरीकन भन्दछिन्।
सहचरी अलि चन्चललोचनी ॥
नृपतिमा पतिमान गरीकन।
यश दिशा दश बीच छरीकन ॥
“स्ववश शत्रु गरी महिमा लिने ।
अलि धपाउनु पाउन ! लौ भन॥
किन कि छौ कनकाञ्चलिनी तिमी ।
अरुणता दिनकी सुरमोहिनी॥”
(६१)