Jump to content

Page:Shakuntala.pdf/147

From Nepali Proofreaders
Revision as of 12:51, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "यिनसँग नखराको नक्कली भाव छैन । छल कपट सुधाको जिन्दगी नै छुँदैन ॥ सरस सरल वार्ता गर्दछन्‌ मिष्टभाषी । वन हृदय बने झैं ओठ रङ्गी सुवासी ॥ (३९) वचन मृदु चरा छन्‌, वन्य यी अप्सरा छन्‌ । पति...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

यिनसँग नखराको नक्कली भाव छैन । छल कपट सुधाको जिन्दगी नै छुँदैन ॥

सरस सरल वार्ता गर्दछन्‌ मिष्टभाषी । वन हृदय बने झैं ओठ रङ्गी सुवासी ॥ (३९)

वचन मृदु चरा छन्‌, वन्य यी अप्सरा छन्‌ । पति कलित राम्रा कोपिलाका कुरा छन्‌ ॥

रँग सुवदन बैंसे बीच चढ्दा सुरा छन्‌। सब वनदुहिता यी बैंसका आँकुरा छन्‌ ॥ (४०) १

मृग-शिशुसँग खेली प्राकृत स्वादु केली । कुसुमित रँग चढ्दा वन्य आनन्द बेली ॥

मदन शर बनाई बस्दछन्‌ कुञ्जभित्र । हृदयसँग

बढालू

भाव

(४१)

मागी

विचित्र ॥

वन विरचित स्वप्नातुल्य राम्रा मुहार । प्रकृत तवर खुल्ने शान्त खोपी जुहार ॥

किरणहरु पसेका स्वर्गका स्वर्ण रङ्ग । स्वर

सलिल

विहगहरूको

भित्रिय

बोल

(४२)

ढङ्ग॥

मृदुल रेखाबाट आकारिँदा यी ।

तुहिनधवल

भझल्कासाथ

पाई

सफाइ ॥

“कुसुमकलि कि नारीरूपमा मूर्ति ल्याकँ ?'

भनिकन विधिले यी आधि दोधारभित्र ॥ मसृण छिनुहरूले छन्‌ कुँदेका विचित्र । (४३) यिनकन जलका छन्‌ बोल लोलाउने जो । गुनुगुनुसित चल्ने बालकल्लोल भाव ॥

पवन वन झुलौना झूल छन्‌ पात झुम्का । हरित शिशा जग" जगत्‌ छन्‌ मालिनीतीर थुम्का ॥

प्रकृति सरल सत्‌ प्रभाव । मघुर विहगवाला-तुल्य मीठा स्वभाव ॥

(४४)

१४२