न सरस नखराले भौं छरीता उचाली । नयन मृदुल तिर्छीको इशारा निकाली ॥ चलचल चतुरा छन् स्नेहका चट्ट छाले । मुसुमुसु अधरे यी लाज लाम्चा कुनाले ॥ (२४)
कुसुम तरु खडा झैं फुल्दछन् ठिङ्गरा यी ।.
शरम पनि नजान्ने जङ्गली क्या बरा यी॥
बरु सब गमलामा राख्नु तस्बीर पारी । युवति सद्स च्राला एक नै छैन भारी ॥ (३५)
न त मसित कुनै यी जिस्किए एक ठट्टा ।
न त विपिनविषे यी पाउँछन् एक पट्ठा ॥ वरिपरि सब सेना देख्दछन् ज्ञानलट्ल । यिनसँग म नबस्ने दूर बस्ने छु छुट्टा ॥
नत वचन म बोलूँ बन्द पार्नेछु बट्टा । बरु वन-मृगिणीको पुच्छरै लाग्नु सट्टा ॥ बरु कमले फुलेको हेर्नु सौगन्धगट्टा । (२६) खि! छि! छि! छि! यिनलाई एक कौडी नमानी ।
हिँड महल उज्यालो दौंतरी, विन्ति जानी ॥
दहि-महि अमिला छन्, सातु छन् कन्दमूल । यिनसँग रहनेको पेटमा हुन्छ शूल ॥”
(३७)
नृपवर तब भन्छन्- “जङ्गली यी प्रसून । प्रकृत
तवरका
छन्
पौर-चापल्यहीन ॥
सहज ललितताका छन् लता झैं फुलेका । मृदु अधर
खुलेका,
अङ्ग राम्रा मिलेका ॥
(शव)
१%१