This page has not been proofread
त्रयोदश सर्ग
'(मालिनी)
मधुकर महिषीले पड्ख कूँजा फिँजारी ।
मधुमय वन डुल्दा फूल राम्रा निहारी ॥
हँसमुख सखि यौटी साथमा ली अकेली ।
कुसुमहरु हवामा जिस्किँदा हाँसिखेली ॥
मधुकर सुइँकोले खोज्दछन् भुन्भुनाई ।
वनविचरण गर्दी भक्तको भक्तिलाई ॥
वरिपरि छरिँदा ती तुल्य भिन्नै दिशामा ।
नृपजनहरु डुल्छन् भूप खोज्दा दशामा ॥
(१)
खलबल पहिले ता भुन्भुनाएसमान ।
अलिकुल छरिँदाको खोजको 'गन्न' गान ॥
निकट छ अन मानो शब्द सारौं-कराई ।
हलचलहरु भर्दै पङ्ख झैं खल्बलाई ॥
(२)
कुसुमसदृश राम्रा वन्यबाला कुरङ्गी ।
शारसदृश छ आँखा, चान कल्लोल-भङ्गी ॥
भ्रमर मधुर भौँका कण्ठका कोयली ती ।
खलबल हुन जाँदा भूप छोड्छन् त्यहीँ ती ॥
(३)