ती राम्री सखिको कुरा गर बरू जो झुक्दछिन् लाजले ।
मानो फूल थुँगा बनी मध्रता झुक्छिन् स्वयं भारले ॥
नामै क्या छ शकुन्तला ! विहगकी आली उज्यालीसरि । आँखाको रस के कुरङ्गहरुले देखे चरी नन्दन ?” (दर)
भन्दा भुत्भुत बन्न तत्पर बनी बोली अडेकी त्यसै । आँखाले मृदु लाम्चिला सरस ती छेडेर गाली नुहिन् ॥
मानो सुन्दर छन् स्वरूप अरुका आँखा छली फुल्नको ।
आफ्नो सोख लिँदौ थियो शरमको गाली दिँदो नेत्रले ॥ (दर)
“होवैनन् क्रषिकी सुता तर यिनी, बान्की छ अर्कै ढँग । ओठै छन् उनका प्रवालरँगका क्या पातला पालुवा ॥
बोले
कोकिलले
लिई
शरम केबिर्सिन्छ भाषा भनी ।
बोलीको टक मात्र सुन्दर दिई ती चल्दछन् वायुमा ?” (दई)
भन्ने शब्द सुनी असह्य हुन गै साम्ने बनी बस्न नै ।
फर्किन् झट्ट 'कसो गर्छँ' हुन गई बोक्छिन् घडाको जल ॥
झुक्दी दूर गई प्रफुल्ल बिरुवालाई भिजाईकन । सौन्दर्यैसरि झल्किँदो सलिलको भाषा सुनाइन् कल ॥ (८५) “औंठी दिन्छु म लिन्छ को ? जल त्यहाँ जो निर्दयी क्रूर छ। धाकेको मृदुरेख पेशलकटीमा भार बन्दो गह्हुँ॥
बोकेमा जल मात्र एक छिन त्यो औंठी त्यसैको भयो ।" भन्दा नेत्र जुधेर तीन सखिका बन्धिन् प्रशंसा तिनी ॥ (८६) थप्छिन् फेरि प्रियम्वदा “छ यिनमा सौन्दर्य नै स्वर्गको । पृष्वीमाथि झरेसमान सखि छन् दोसाँधकी सुन्दरी ॥
यी हुन् कौशिककी सुचारु तनया जो मेनका-कोखमा ।
पाई जन्म यहाँ बढिन् कृसुम झैं छोरी पिता कण्वकी ॥” (८७) 3
१३३