Jump to content

Page:Shakuntala.pdf/135

From Nepali Proofreaders
Revision as of 12:51, 29 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "“सदय देव गहाँ अरुणोदय- सरि सवार हुँदो वनवारिमा ॥ पयरकष्ट गरीकन आसन । लिनुहवस्‌ कुशको प्रिय शासन ॥” (६७) “नगर भो अति कष्ट सुकोमला । नगरका घरका जननिम्तिमा ॥ नगर शान्त निकुञ्जनिवासिनी...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

“सदय देव गहाँ अरुणोदय-

सरि सवार हुँदो वनवारिमा ॥ पयरकष्ट गरीकन आसन ।

लिनुहवस्‌ कुशको प्रिय शासन ॥” (६७) “नगर भो अति कष्ट सुकोमला ।

नगरका घरका जननिम्तिमा ॥ नगर शान्त निकुञ्जनिवासिनी । न गरमी छ यहाँ न थकाइ छ॥ न गरुकाउँछ आँग न वा एरु। नगरलायित छन्‌ वनका तरु ॥” यति विदूषकले तिनमा भने ।

बहुत खिल्खिल ती पुतली बने ॥ (६८)

“यदि खडा 'बखडा तरु' फुल्दछ ।

किन खडा म नहूँ नखरा लिई ॥

म छु वयस्क हुँदा तगडा अझ । किन खडा हुनगो झगडा यहाँ ॥ धवल केश फुली लटरम्म छ।

तरुणभाव त तैपनि टम्म छ॥” यति सुनीकन हास्यविनोदिता । जब

अधर छोप्न तयार भए लता ॥ विदूषक छिँक्क गरी रुघा । सरस ताउ लगाउँदछन्‌ जुँघा ॥

(६९)

“सखि ! कुशासन ल्याउन जाउन ।” यति भनी शरमाउँदछिन्‌ जहाँ ॥ वचनकी मधु ती, उनमा नृप। वचन मिष्ट सुनाउँदछन्‌ यहाँ ॥

११०