Jump to content

Page:Shakuntala.pdf/107

From Nepali Proofreaders
Revision as of 11:43, 27 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread
एकादश सर्ग
(पञ्चचामर)

छुटे सबै पदाति ती, पछाड़ि अश्व पर्दछन् ।
सवेग अश्व चार छन् रथाधिरूढ़ बढ्दछन् ॥
विशाल वृक्ष छन् त्यहाँ उमेरमा शताधिक ।
हजार वृष्टि आँधिका हजार पड्ख वादक ॥
(१)

खुला छ मार्ग यानको शिला छरेर खड्खड़े ।
शिकारनिम्ति जो बन्यो छ टापनिम्ति कड्कड़े ।
घरर्र चार चक्र ती बने गुडेर गड्गड़े ।
थरर्र बन्द घच्छचा रथै समस्त हड्बड़े ।
(२)

चरा अनेक चिर्बिरे फर्र पड्ख छिर्गिरे ।
हवा बहन्छ हर्हरे छ शुष्कपत्र सर्सरे ॥
अरण्यमा अनेक छन् कुरा विचित्र मर्मरे ।
दगुर्छ यान धर्थरे लिएर मार्ग धरधरी ॥
(३)

विशालमा उडान ली दिएर दृष्टि नीडमा ।
भुवा पलाउँदा ठिटाठिटीहरू थिए जहाँ ॥
अनेक पड्खका मजा उड़ी, बही, धकेलिंदै ।
सवेग हानिंदै लिने चरा सुनेर भीत भैं ॥
अवश्य लौ विपद् परे भनी डराउँदे भरे ।
बनेर माउ चिर्बिरे सशङ्क चक्षुले तरे ॥
(४)