देख्दो छ कोही कवि बागमा हरा । परीहरू चञ्चल चारु लोचनी ॥ घडा लिएका वनमा सुरा भरी । खन्याउँदा लच्लच
अङ्ग माधुरी ॥
कुलो र राम्रो रँग, बोटका जरा ।
भिजाउँदै
ती
मदिरा
छरीबरी ॥
जो रशिमिमा रङ्ग हुँदो छिरीबिरी ।
बनेर उक्लिन्छ नशा भरी भरी ॥
त्यस्ता परीका रसपूर्ण ती घडा । कटी झिना लच्किनुले छचल्किँदा ॥
दायाँ बनी सुन्दर बैँस ढल्किँदा ।
बाङ्गो बनाई अलि चाल माधुरी ॥
देखीरहेको कवि मुग्ध पर्दछ । र कल्पना देख्दछ व्योमका परी ॥
वर्षासुता
बादलसूतका
तनु ।
पोखेर जाग्छन् घटबाट जो झरी ॥
वनस्पति प्रस्फुट भाव-माघुरी । त्यो स्वप्नमा नै उपमा सुहाउँदी ॥ लिएर गर्दो कविता धरी थरी । देखीरहेको छ त्यहाँ सफा जल ॥ काला कुना बीच झलल्ल चञ्चल ।
भौँ त्यो उचालिन्छ मिही बराबर ॥
ठट्लहरूले शिर हिल्छ सुन्दर । मसक्क मस्किन्छ लचक्क भै उर॥
ढलक्क| ढल्कीकन फेरि मञ्जुल ।
घलल्ल घल्चा जल चल्दछन् तल ॥
मानो त्यहाँ छन् जलका परीहरू । जो बस्दछन् बादल बाग शीतल ॥ भिजाउने, कुञ्ज हरा गराउने । लिएर पुष्पा$मृतका घडाजल ॥
0१४)