'उडूँ उड्ँ' समान त्यो छ वाण तीक्ष्ण तत्पर ।
हवा हुँदो छ ज्यानले उडेर मिर्ग सुन्दर ॥
छ चित्र काल जीवको जगत् अणण्यमा सरि । सशङ्क जीव आत्तिँदो 'छलूँ' भनी बनी हुरी ॥ २)
अदृष्ट दूत झैं त्यहाँ झलक्क देखिए दुई ।
सुशान्त साधुरूप छन् त्रिरेख भाल चन्दन ॥ खडा भएर बीचमा स्ववक्षबाट रक्षण ।
गरेर भीत मिर्गको उचान्दछन् दुवै कर ॥
“प्रहार माफ होस्” भनी उठाउँदा दुवै स्वर ।
(१४)
झलक्क झल्किँदा तिनी झसङ्ग झट्ट झस्किए ।
झल्याँस्स ! चट्ट वाण त्यो झुकेर झर्छ झारमा ॥ सुवीर बाहु काँप्दछन् र भर्छ पाउमा घनु । स्वधर्मका विरोधमा त्यसो गरेर झस्किनु ॥ १५)
“प्रहार माफ पाउँला प्रभो” भनेर बढ्दछन् । अगाडि हात जोड्दछन् विनीत वाक्य बोल्दछन् ॥ “प्रहार माफ पाउँला ! प्रभो जगत्-प्रभाकर । नजीक पर्णको कुटी धनी छ मिर्गको पर ॥
छ साधु जीव शान्त त्यो अरण्यमा मनोहर ।
हरा सुमिष्ट शस्यले सुपुष्ट जन्तु सुन्दर ॥ सदैव चाट्छ प्रेमले सुवृद्ध कण्वका कर ।
क बढेर वन्य बाल झैं सुचारुकेलिप्राकृत ।
गरी कूटी नवीन नृत्यले नित ॥ फुरुक्क फुर्कि हुचिद हुँ की मनोरथ । सुचारु हातले सदा सप्रेम सुम्सुम्याइँदो ॥
पस
१७)
१०४