कटक्क
टाप कड्कियो पटट्ट रज्जु पड्कियो ।
शिला चटट्ट चड्डकियो गडड्डड यान गड्कियो ॥ घर चक्र घुम्दछन् झिलिल्ल अगिन झल्कियो ।
सवेग अश्व चल्दछन् तथापि मिर्ग अल्पियो ॥ (द)
बढेर जान्छ वेग झन् पिटाइ पाउँदा हय । तडित्समान बन्दछन् बुझी समस्त आशय ॥
गरेर घोष मैघको दगुर्छ अरण्य-अग्रगण्यको लिएर (९)
रथ। वेगले
पथ ॥
सफेन अश्व तेजका भिजी प्रसाधिताङग ती । जुटेर रोम टाँस्सिँदा लगाम जो चपाउँछन् ॥
फुरेर नाक फोहरा फुरर बीच बीचमा । गला सुदीर्घ यालका समस्त छल्बलाउँछन् ॥ सजीव स्थूल नेत्र छन् र कान छन् उचालिँदा ।
सुशीघ चारु टाप छन् उचालिँदा खसालिँदा ॥
घुँडा छुने लतारिने छ लोल दीर्घ पुच्छर । अगाडितर्फ उफ्रिँवा कटट्ट टाप कड्किँदा ॥ 4१०)
उ मिर्ग ! आधि खाइँदो छ घाँस आधि दाँतमा ।
छरेर बुर्कुसी लिँदै सुरेख कण्ठ
बाङ्रिँदो ॥
पछाडि आँग खुम्चिँदा भएर त्रास वाणको । अगाडि ज्यादि हत्तिँदो फटक्क दूर फट्किँदो ॥
जमीन थोर नै छुने र घेर जो हवा हुने।
झिना सुशीघपादले फटक्क फट्ट फड्किंयो ॥
दिएर दृष्टि यानमा -
सशङ्क सट्ट सड्किँदो । फो
सुवर्णयानमा डटी मुहारका समुज्ज्वल । खिचेर ज्या ८५: यसो पछाडि ढल्किँदा ॥
लिएर ताक, भौँ दुवै सरक्क खुम्चिँदा अलि । खिँचेर
१०४
ज्योति
नेत्रको
२)
सुदूरमा
लगाउँदा ॥