Jump to content

Page:Laxmi nibandhasangraha.pdf/136

From Nepali Proofreaders
This page has not been proofread

साधुको माहात्म्य

अंग्रेजी अर्थशास्त्रले हामी बहस गर्दछौं र आफ्ना संस्था र परम्परालाई बुभदैनौं । हामी गेरुको निन्दा गछौं र वैरागीउपर अपमानका शब्द उच्चारण गर्दछौं । जटाभन्दा हामीलाई टोप सुहाउँछ र लट्टामा शोभा छैन । हामी केशको तलाश र फुर्तिलो रवाफीपन चाहन्छौं । जीवनको कक्षा बढाउनमा हामी सभ्यता देख्न चाहन्छौँ । चाहहरूको गुणन, परिश्रमको बाँड र विशिष्टलाई आर्थिक पैदावारी, औद्योगिक बिस्तार, बेकारीको निर्मूलता यिनीहरू हाम्रा नवयुवकका आदर्श छन्‌, पतलूनवाला अंग्रेजी एक्सेन्ट र टोनका चश्मादार अध्यापकहरू नवयुगका सपनाको तालीम गर्छन्‌ । हामी बेलाइतद्वारा भारत देख्तछौँ र यस्तो विदित हुन्छ कि हाम्रा आँखा बलिया हातले छोपिदिएका छन्‌। विज्ञानको भिलिमिलीमा नवीन मोहनी पाएका हामीहरू क्रषिमुनिका जटासँग बिरोध र बहस गर्ने प्रवृत्ति देखाउँछौं । हाम्रो नजरमा भस्मलेपन केही विभूति होइन, र ढोकामा पात्र थाप्न आउनेहरूलाई अर्थशास्त्रको व्याख्यान दिएर हटाउने चेष्टा गर्दछौं ।

हाम्रा दृष्टिकोण पश्चिमतिर ढल्कन्‌ स्वाभाविकै हो। हाम्रा अध्यापकहरू नेकटाई लगाएका हुन्छन्‌ र एक खुट्टा मेचमा राखेर अर्को भूइँमा टेकेर अंग्रेजी झोक्कासँग बेकारी र मगन्तापनको आलस्यउपर व्याख्यान दिएको सुनेर विद्यार्थीले मनका आँखाउपर नयाँ चश्मा चढाउँछ ! हामी साधुउपर ईसाका अनुयायी वर्गहरूको दृष्टिले हेरेर भन्दछौँ, काम नै ईश्वर हो । मगन्तेपन लिएर सजिलो वृत्ति लिने आत्माहरूलाई कामदार दुनियाँअगाडि लाज लाग्नुपर्ने हो। यो कैला लट्टा पारेर के गर्छौ? म सित्तैमा दिन चाहन्नँ । म आर्थिक पुरुष हुँ र ? मेरा पैसा सित्तै आउँदैनन्‌, राम-राम जपेर खान पाए दुनियाँ आलस्यको प्रजा बन्दछ । हामी लेनदेनको दुनियाँमा पसीनाका दानाले रोटी कमाएर खान्छौं । विनादेनको मागलाई