Jump to content

Page:Shakuntala.pdf/19

From Nepali Proofreaders
Revision as of 22:41, 16 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

हँसीलो चाला ती जलधितिर पाषाणपथमा । कुरा मीठो गर्दै रविकिरण टिप्दै प्रगतिमा ॥ भजी पारावाराप्रकृतिकन भन्दी 'चल चल' । थिइन्‌ बात्ना फुल्दी मुनिमन-लतातुल्य असल॥ (रर) त्यहाँ सृत्थे सुन्दै चिरसमय पाषाणपथमा । लिई निद्रा मीठो कलकल कुराका महलमा ॥ , त्यहाँ धानी' भयाउ च्यवन क्रषिको झै छ गहना । त्यसै भेल्धे आफ्नो परुषपन ती भझड्कृत बनी॥ (२४) सधैं झल्कन्थे ती दिनकर त्यहाँ ईश्वरसरि । हजारौं बन्थे ती कति झलक खेली वरिपरि ॥ अँध्यारै ओर्लेमा जगतभर ताराहरु झरी । सधैं स्वर्गै खेल्थ्यो हृदयतलमा कल्कल गरी ॥ (२५) सुधा भर्थ्यो मीठो शशिवदनको शीतलतम । दुत्थ्य पातै पनि अचल बन्दै हरदम ॥ सुषुम्ना' झैं बाङ्गो जलपथ कुनै नागरमणि । बने जस्तै चल्थ्यो परतिर महाशून्य तल त्यो॥ (२६ पुगी बग्दै टाढा कठिन पथमा शोणितनदी । नदी देखी भज्दी खुश दिल बनी ब्रहमजलधि दुवै आँखा चिम्ली दिवसर निशातुल्य सुचिर । बसे ध्यानी राजा सुरपुर गराई थरहर ॥ (२७) न हिल्थ्यो यौटा रौं अणु अणु थिए शान्त अचल । पर्लेटी मार्थे ती तरिक जुनी शीतल थल ॥ दुबै आँखा फर्की युगल-भृकुटी-केन्द्र छविमा । उदाएका देख्छन्‌ शशिवदन पीयूष-करमा ॥ (रद)