कुसुमयुत हवामा निस्किनामा शिखारु । विषम भुईँभरी त्यो खज्मजाएर चारु॥ सतत-हरित बैँसे केश पृथ्वी-परीको । निविड विपिन राम्रो हेर गोदावरीको ॥ १७) (शिखरिणी) यहाँ आए कोही दिन बहुत तेजी नृपवर । जगज्जेता बन्ने प्रनल मनमा कीर्तिशिखर ॥ बुझेका हिंसाको पथ रुधिरले लाल अब यी । तपस्पाको बाटो लिन वन हिँडे स्वर्गविजयी ॥ (१प्ने थिए यी राजर्षिप्रवर, सुन झैं बाससहित । महाज्ञानी मानो झै मानव महान् ॥ प्रशाखा फैलेका बहु कीर्तिहरित । महादानी भूभृन्मणि अन बसे पादपतल ॥ १९) जरा भै पृथ्वीमा मधुर रसले तुष्ट नभई । उबज्दु छाडी छोटा विषयधन यी पार्थिव भनी॥ राम्रा कुसुमधन फार्दा नूपवर [पवर । जगत्को निद्रामा तरुसरि अब छन्॥ (२०) नबस्ने को होला ? त्यस थल पुगे शान्त तपमा ? हराले बाँधेका तटकन चुमेका कलकल ॥ उज्याला झल्का दी जल-लहर बेरेर रसिला । जहाँ बम्छिन् श्रद्धा जलधिकन सम्झेर सरिता ॥ (र) नदी छर्छिन् सारा घन ।झेलिमिली चारु करले । न हीरा भन्छिन् ती, न त 'सुन न मोती लुँगलुँग ॥ बगाई ती चार्दी, महलहरु छाडीकन पर । सबै छन्छन् भन्छिन् उछलिइ उतै भक्तिरसमा ॥ (रर)
Page:Shakuntala.pdf/18
Appearance