Jump to content

Page:Shakuntala.pdf/16

From Nepali Proofreaders
Revision as of 22:36, 16 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

घ्वनित पवनले छन्‌ बाँस बाजा वनैया । थिरमिर खच चुच्चो चारु चल्छन्‌ गवैया ॥ महलछ क्या हरा ! फूलदार । मृदुल हरित तन्ना, फूल-बुट्टा हजार ॥ (५) खछिरबिर कति बुट्टा छन्‌ कलाका छहारी । मधुरगति मरुत्‌ले डोल्छ पड्खा फिँजारी ॥ प्रकृत कृषि, सबैका दिव्य : भ्रातृत्वभाव । पशुहरु सुखमा क्या ! देखिने सुस्वभाव ॥ (६) 'शाहर पर हरामा रम्य यो तारतम्य । वन विजनपरीको सिर्जना झैं अचम्म ॥ रविकरकन छेकी पालुवाले हजारौँ । प्रकृति हृदय खोन्छे ध्यानका दृष्टिद्वारा ॥ (७) हरितवसनवाली पुष्पमाला धरेकी । जललव टप लाई, वल्लरीमा झरेकी ॥ अमृतकिरण प्यूँदी काखमा ली खरायो । छिरबिर वनमा के शान्तिको राज्य छायो ॥ (द) प्रथम घर कलाको व्यासको पाठशाला । प्रथम बल यही हो आर्यहृदूको उज्याला ॥ कुसुमहरु यहाँ छन्‌ वेदका पत्रतुल्य। सृजन प्रलयका छन्‌ चित्र राम्रा अमूल्य ॥ (९) गगनपथ यहाँ छन्‌ आउने सत्‌प्रभात । यस वनतिर झर्छन्‌ तारकाबाट भाव ॥ पवन पनि अनौठा चल्छ कानेखुसीले । प्रथम ध्वनि मिहीले भर्छ आत्मा खुशीले ॥ ०)