Jump to content

Page:Laxmi nibandhasangraha.pdf/191

From Nepali Proofreaders
Revision as of 23:45, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "मानिसको ज्योतिषशास्त्र सारा फजूल होइन । पूर्वनिरीक्षण पनि केही मात्रामा दिइएको छ ।उ: हेर, अर्कोचाहिं बायाँ हातको पृष्ठमा कार्तिकको कुइरोले खारखेर बनाएको पातलो छाला खुम्च्याएर...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

मानिसको ज्योतिषशास्त्र सारा फजूल होइन । पूर्वनिरीक्षण पनि केही

मात्रामा दिइएको छ ।उ: हेर, अर्कोचाहिं बायाँ हातको पृष्ठमा कार्तिकको

कुइरोले खारखेर बनाएको पातलो छाला खुम्च्याएर ड्याङहरू गन्दछ !

क एउटा ईश्वरको सहारा लिन्छ र जय महाकाली ठीक-ठीक बताइदेक भनेर ती रेखाहरूद्वारा कौडीको मूसे दाँत कतापट्टि हाँस्छ भनेर जीवनको सम्पत्तिबाट सांसारिक खतराको खालमा कतिसम्म कतापट्टि राख्न श्रेय छ भन्ने अन्दाज गरिरहेछ । अडकलपच्चीसी नै जीवन हो र कतिलाई डर लागिरहेछ कि मौकाको राज्यमा मानवपूर्वप्रतीक्षा याधार्थिक साफल्यमा आउँदैन कि ! लाभ र हानिको आशा र नैराश्यमा मनुष्यको आत्मा आनन्दको खेल मनाइरहेछ र व्यापार र जीवनमा लेनदेनको संसारमा

उद्देलित हुने भावहरूका नाटकीय र सजीव यावार्थिकता अनुभव गर्दै तुलबुलाउँदै, घरमराउँदै, अनिश्चितको मोहनीमा खतराबाट फाइदा उठाउनका निमित्त आफ्ना सम्पूर्ण शक्तिहरूको आधारमा अपूर्ण मानवसमझ लगाएर हात फुकेर जाने या खल्ती गरम गर्ने मौका ताकिरहेछ । यस खेलमा सच्चा जीवनको नाटकीयता छ । तर नाटकमा नदुवाहरूले

आफूलाई बिर्सेर समय र पात्रसँग तल्लीनता राखेझैं घरको अवस्था र रुपियाँको साधारण मोल बिर्सेको आत्माको अर्धचेती कक्षामा यथार्थ साफल्य हुँदैन कि भन्ने त्रास काम गरिरहेछ । आखिरमा दुनियाँमा

निश्चित भन्ने कुरै छैन ! हरेक कदम

अनिश्चित छ । जीवनमा

आकाशखेतीको रङ्ग छँदैछ । एक भझिमिकमा के हुन्छ हामी भेट्टाउन सक्तैनौं । त्यति भेट्टाउन सके संसारबाट र जीवनबाट मोहनी नै हराउँथ्यो !

तब न यो दुनियाँ तिलस्मी उपन्यास छ । सबतिरबाट समालिएको र

घनीभूत भएको चेत ईश्वरको कपाले च्वाट्ट ठाउँमा पच्योभने मात्र बस ! जीवनको जूवा जितियो, नत्र अँध्यारोमा झटारो हान्नु छ । ज्योतिष सघैँ

सफल नहुनु ताराको दोष होइन, नियमलाई नाघ्नेपना न जीवन हो ।

सबै ग्रहहरूको स्थान ता हेरिसकियो, तर विचार गर्ने बेलाको साइत

बिर्सन सकिन्छ, त्यसै कारण मौकावादीहरूका किताब पनि दार्शनिक विवेक ठहच्याइएका छन्‌ । नियमको राज्य देखिए पनि विश्वमा

आकस्मिकता र मायामा विक्षेप छैन भन्न सकिंदैन । यसै कारण जूवा

हारिन्छ, तर जूवाको खेल एक सूक्ष्म कला हो । यसलाई नियममा ल्याउन सकिदैन र चित्रकार र लेखहरू झैं सत्यान्वेषणमा अगाडि १५२/लक्ष्मी निबन्ध-संग्रह