मिथ्याले छोप्दछ । हामी उसलाई देखेर आँसु झार्दछौं-किनकि त्यसभन्दा
पापी विकार र अहंमानी दीन दुनियाँमा जन्मेको थिएन । जो मानिस दुनियाँमा आफ्नो मोज सम्झन्छ त्यसमा सत्यको होश रहनु मुशिकल छ । तर क पछि थाहा पाउँछ-घाँटीमा प्राण झुण्डेपछि । अनि यो दुनियाँ के रहेछ उसको
मनले बुझ्छ । भौतिकवादका आडम्बरहरू प्राणावसानका अवस्थामा काँपेर
उठ्तछन् र क पनि आखिर हे भगवान्' को पुकारले सत्यको उपासना गर्ने
आखिरी प्रतिज्ञा गरेर जान्छ । उसले त्यस वेला थाहा पाउँछ-पोशाक बोक्रो
हो; रङ्ग खोक्रो हो । मासु र मूर्ति परिवर्तनशील मिथ्या हुन्र एउटा सत्य भन्ने आत्मा मात्र दुनियाँ सत्य हो । तर कोही-कोही गुण्डाहरू सुधारशील हुन्छन् । धेरै संसारका प्रमुख प्रतिभाहरू अगाडि गुण्डा रहेका थिए । यही जीवनमै सुध्चिए भने तिनीहरू संसारका पूज्य, उपास्य देवता बन्न जान्छन्-- कोही-कोही
दृष्टान्तमा ! वैराग्य भनेको त्यसै आउँदैन, परमेश्वरको अनुग्रह चाहिन्छ । अनि सत्यको मोहनी लागेपछि ती सब बोक्रे चात्रीहरू र शृङ्गारकला आत्माको सच्चा मोहनीतिर लाग्दछन् । अनि तिनीहरू खोक्रा हुँदैनन्; खँदिला हुन्छन् ।
१४०/लक्ष्मी निबन्ध-संग्रह