तर मगजमा उम्रिने कल्पनाको सानो कल्पद्वममा फल्ने साना-साना झिल्काझिल्की मिलाउने एउटा बूटी छ, जो साहित्यको सिर्जनालाई
अत्यावश्यक हन्छ । कोलेरिजले अफीम चढाएर 'प्राचीन जहाजी' र 'कब्लखाँ' लेखेथे तर मादक पदार्थको उत्तेजना कृत्रिम तवरले कहिले
यस्ता सुन्दर काव्यरत्नहरू पैदा गर्न सक्तछ, कोलेरिज जस्ताको
जादूमगजलाई कृतकृत्याएर, तर मद्यमदिराले मगजलाई हानिसिवाय
लाभ गर्दैन । हामी नन्दनबारीको बोटको गाँजा मल्न चाहन्छौं, हामी
देवताहरूको अरखबाट मादक उत्तेजना लिन चाहन्छौँ र पृथिवीको प्रेरणाभन्दा उपरका प्रेरणाबाट पृथिवी-पोषणको कलामा लाग्न चाहन्छौं । हामीलाई सत्य भनेको चीज कल्पनाभन्दा झूटो लाग्छ, र इन्द्रियग्राह्य वस्तु काल्पनिकभन्दा फोस्रो लाग्छ । खँदिलो भनेको त्यसको
नाम हो जो हातले पक्रन सकिदैन । देखिने र बनिसकेका चीजमा त खालि परिचितको निर्मोहनी छ, नभएका र नदेखिएकामा अविदितको
जादू छ । परमेश्वरले बनाएको संसार साधुहरू झूटा भन्दछन् किनकि
त्यो अविदित, केही वस्तु जो कल्पनामा झल्केला जस्तो हुन्छ, यो विदितको वास्तविकतामा पाइन्न । सत्य शायद सत्य रहन सक्तेन जब आँखाले देखिन्छ र कानले सुनिन्छ । तीन कालले बाँधिनासाथ सत्यको बोक्रा दुनियाँमा रहन्छ तर भित्री आत्मा उडेर जान्छ । दर्शन विज्ञानको
जेठो दाज्यू हो, र विवेकको बीजगणित हो; हामी दर्शनका दार्शनिकतामा
सत्य देख्नैनौं न सौन्दर्य; दर्शन भ्रम हो, कविता सत्य हो; कल्पनामा
सत्यले सजीवता लिन्छ र त्यो सुन्दरता जहाँ सत्य जस्तो देखिन्छ र सत्य जस्तै रहन्छ । दृश्य-संसारभन्दा मनको दुनियाँ झन् विशाल छर यसका स्पर्श र अनुभूतिहरू झन् सत्यका नजीकमा पुत्याउँछन् ।
तर हामी भन्न चाहन्नौं कि हरएक किसिमको कल्पनामा उपर्युक्त
भनाइहरू घटित हुन सक्तछन् । हामी उच्च कक्षाका सत्याभासित
कल्पनाका बारेमा मात्र ध्यान दिइरहेछौं । पागलका कल्पना र विकृतका
भावनाहरू भिन्नै किसिमका
हुन्छन् तर प्रतिभासंपन्न पुरुषहरूको
कल्पनामा सत्य आउँछ, जीवनको रङ्ग लिन्छ र लयदार झिलिमिलीमा फुटेर निस्कन्छ । सच्चा प्रतिभा कल्पनाको क्रियामा देखिन्छे रु सच्चा क्रियामा उच्च कक्षाको कल्पना संगति, साम्य, मिलाप, आकृति र अनन्द लिएर काम गरिरहेकी देखिन्छे । सच्चा कविले भावनाहरू कल्पना/११७