रचनाअगाडि दिनको चन्द्रमा झैँ धूसर बन्दछ । चित्रकारी यो अनन्त रङ्डदार कलाभवनअगाडि श्वास र ढुकढ्कीबिनाको जँच्दछ । ज्ञानका शिखर पनि शिरोबिन्दुअगाडि बाउन्ने बन्दछ र हाम्रो क्षृद्व रचना महासागरको मीठो रङ्गिलो बुदबुदभन्दा बढ्ता देखिँदैन । जीवनको जादूले सब चीजलाई हराइदिन्छ, र लटमुखाजस्तो बनेर शिक्षितको घमण्ड विशालको मुख ताकेर अंँध्यारैमा बस्तछ । समुव्रकै तरङ्ग हो, तरङ्गको समुद्र होइन ।
मलाई त्यसै कारण कितापहरूदेखि झर्को लागेर आउँछ र जब नवीन छन्द खोज्नुपत्यो म वनको या पहाडको नजीक गएर नालाको
गुनगुननेर लेट्तछु या त तारादार नीलाकाशको छायाछवि मधुर दृश्यमनि बसेर अनन्तको लहरदार प्रगति सुन्न खोज्दछु । तब उहाँ कहाँबाट मौनको मुटुबाट सन्देश जस्तो हृयदभावना अस्पष्टको मधुर कोपिलामा सुवास झैं भएर निस्कन्छ र ताराहरू मिल्न जान्छन् । अनि जीवनले
मीठो बोली बोल्दछ जस्तो चिडियाहरू आकाशको शीतदार हावामा छातीले उडेर आएपछि बोल्दछन् । जुन आँखाले विश्वमा छन्द देख्तछ, त्यसलाई नियमावलीका यान्त्रिक
तालीमहरू
निको
लाग्दैन,
सहसरजनीको
मिठासबाट
अलङ्कारमञ्जरी र तगण तारतम्यहरूमा पुगेजस्ता लाग्दछन् । किताबका
नियमहरू साङ्ग्रा, साना, टुक्रे, टेढा विदित हुन्छन् र विवेकी छर्लङ्ग
कठोरतामा रहस्यको लयदार प्रगति ल्याउन खोजेजस्तो देखिन्छ । म भावलाई प्रथम मान्दछु र हृदयलाई पहिला स्थान दिन्छु।
भाषा भनेको भुलभुलावट हो । स्वर्गको रस भरिएको छातीलाई शब्दशास्त्र पढ्नुपर्दैन, त्यसै फर्फराउँछ । सिर्जनाको प्राकृत एँडी मलाई त्यसै मुखरित गर्दछ र शब्दकोषको मलाई त्यतिको महत्त्व छैन जतिको राबर्ट ब्राउनिङ्गलाई शुरूमा थियो । म भाषाहीन युगको पहिलो जन्तु भए पनि पहिला गुलाफ देखेर चूप रहन सक्ने थिइनँ । रङ्ग-रेखाबाट शब्दहरू बन्दै आउँथे र मानव-भाषा पछि त्यसैलाई भन्ने थिए । मेरा अनुभूतिहरू कबिता भए मलाई कविकला सिक्नाको जरूरत छैन र कलेज-स्कूलहरू बन्नु मानवह्दयको पक्षपात युगमा हुँदो रहेछ जस्तो मलाई शङ्का लाग्दछ । शब्दहरू अनुभूतिबाट बन्दछन् जस्तो अनुभूति विभूतिबाट । शायद हामीहरू बाइमात्रा र तर्कुल्याका विज्ञान बनाउन सक्ने थियौं । मलाई छन्द र लय/१०१