Jump to content

Page:Laxmi nibandhasangraha.pdf/103

From Nepali Proofreaders
Revision as of 23:20, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "र विरोधहरूको अध्ययन गर्नु । पहिलो किसिमको आदत साम्यतर्फ दौडन्छ र गम्भीर हुन खोज्दछ । पछिल्लो आदत विरोधका झल्काहरूमा सत्यका हाँगाबिङ्ा पक्रिनुमा मजा मान्दछ, मनोविरोध देखाउनु नै...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

र विरोधहरूको अध्ययन गर्नु । पहिलो किसिमको आदत साम्यतर्फ दौडन्छ र गम्भीर हुन खोज्दछ । पछिल्लो आदत विरोधका झल्काहरूमा सत्यका हाँगाबिङ्ा पक्रिनुमा मजा मान्दछ, मनोविरोध देखाउनु नै

सत्यतालाई नवीन रूपमा प्रदर्शन गर्नु हो, अपूर्णताको हँस्सीमा पुग्याउनु

नै सत्यान्वेषकको एक स्वस्थ क्रिया हो । क मोलतोल उल्टाइदिन्छ, हाम्रा कुरा काटिदिन्छ, हाम्रा प्यारा प्रतिष्ठाहरूको अङ्गभङ्ग गरिदिन्छ, स्थितिलाई कुठारको धारले परीक्षा गरेर देखाउँछ, अभिप्रायको क्षेत्रमा

पदार्पण गरेर हामीलाई हँसाउँछ, हाम्रा सत्यलाई मिथ्या देखाइदिन्छ र

ज्ञानी बुझेर हाँस्तछन्‌, अज्ञानी खालि हाँसोको निमित्तको हाँसो भनिठान्दछन्‌ ।

हामीलाई किन हाँस्न मन लाग्दछ ? हामीहरू खालि भूलको गाँजा खान चाहँदैनौं, सधैं मूर्ख हुन चाहनु प्रकृतिविरुद्ध छ । हामी बराबर विदूषकसँग बसेर 'कस्तो लाग्यो हँ ? भनेर सोध्न चाहन्छौं ।

हामीहरू अलि सम्हालिएको बेलामा अरूहरूले उडाएको हँस्सीमा उपदेश

लिन चाहन्छौं, अरू बेला रिसाउँछौं, हाम्रा मूर्ख्याइँहरू नत्र कसले

बताइदिनु ? हामीहरू अरूबाट तिनको उपहासित्व बुझन चाहन्छौं । हामीलाई त्यसमा स्वास्थ्य छ । तर कोही समालोचकहरू

भन्दछन्‌ कि हास्यरसमा गाम्भीर्य

हुँदैन र हास्यरसको तल ओह्वाल्ने अवगुण कविताको क्षेत्रमा झल्किन्छ ।

कविताहरू प्राकृत तवरले गम्भीर हुन्छन्‌ तर जब उनीहरू हलुका क्षणहरू पाउँछन्‌, तब हास्यरसमा छन्द छेड्दछन्‌ । यो भनाइमा सत्य

छैन भन्न सकिन्न । कविता साम्यभावमा लहर छुटेर आएकी हुन्छिन्‌ ।

सब विरोधहरूको खडबडे उपहासक चेतसँग ठक्कर परेर कवित्व गुण

बिग्रनु स्वाभाविक हो । तैपनि कविताको पनि विभिन्नता छ र उपहासमा कविता हुनै सक्तैन भन्नु खालि कट्टरपना हो । सुधारक चैतन्यले सामाजिक वास्तविकताहरू उपहास बनाउँछ र हृदयस्पर्शितासँग भाबुक प्रेरणाले

लहराएर त्यहाँ कविताको प्रशस्त मात्रा रहन सक्तछ । नत्र ज्यादा उपहास

छन्दतिर मात्र ओर्लन्छ । नाटकका क्षेत्रमा र वर्णनको क्षेत्रमा हास्य कवितामा घुस्न सक्तछ ।

९४लक्ष्मी निबन्ध-संग्रह