Jump to content

Page:Laxmi nibandhasangraha.pdf/58

From Nepali Proofreaders
Revision as of 22:12, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "र अंग्रेजसँग हात मिलाउनु नै आर्य जातिका सदस्यको शिक्षाको पराकाष्ठा सम्झिन्छ । हामी अंग्रेजी लेख लेख्न चाहन्छौँ, जब हाम्रो साहित्यले गाइनेको खोक्रो तर टुटेको सारद्रीजस्तो -याँड...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

र अंग्रेजसँग हात मिलाउनु नै आर्य जातिका सदस्यको शिक्षाको पराकाष्ठा

सम्झिन्छ । हामी अंग्रेजी लेख लेख्न चाहन्छौँ, जब हाम्रो साहित्यले

गाइनेको खोक्रो तर टुटेको सारद्रीजस्तो -याँडँच्याइँ गर्न सक्तैन । म अहिले विचार गर्छु, अंग्रेजी पढेर मैले के पाएँ ? हाम्रो साधारण जीवन-समय पच्चीस वर्ष पुगनपुग होला । पन्ध्र वर्षको पढाइले हामी बी०ए० बन्छौं । दश वर्षको बाल्यावस्था जोड्दा हामी त्यही टुङ्गिन्छौं । पढाइ यति यान्त्रिक, बोधो सुगा छ कि हाम्रो स्वदेशी मगजका गिर्खा

खलबल्याउनु मात्र छ । हाम्रो ध्येय नून-रोटीसिवाय छैन । हामी पैसाका

निमित्त बेचिन्छौं र दुनियाँका आत्मा बेचिरहेछौं । द्वव्य-धूर्त मिजाजले

शिक्षकको हैसियतमा मेचमा डटिडटाउ बनेर दुनियाँका छोराछोरी

भाँडिरहेछौं । हामी तिनका जिभ्राबाट सजिलोसँग बग्ने दुधालु भाषा

खोसेर अटरपटरले विकृत बनाइरहेछौं, हामी अंग्रेजी चश्मा लगाइदिन्छौं र तिनका सहजविकासी स्वदेशी बुद्धिउपर पाश्चात्त्य रायका अत्याचार

लादिरहेछौं । म त पढिदिने लडकाको आपेक्षिक प्रशंसा गर्दछु । अंग्रेजी पढ्न कानमा डोरी लगाएको बयल जस्तो भएर मान्ने लडका जरूर

अस्वस्थ हनुपर्छ । हामी प्राकृतिक बलवा चाहन्छौं त्यहाँ, जहाँ मानवस्वभावउपर विदेशी जञ्जीर लगाइन्छ र त्यत्तिका दिनसम्म बयल

जोतिएपछि के पायो बिचराले ? सुक्खा घाँस ! अरू लेखिएको थिएन ! न यो पहाडको नीलो मसी, न यो वनका हरिया पानी ! बस ! ग्रधाजुएट हुनु यत्तिकै छ । खोस्टो कागजको भरमा दुनियाँमा योग्यता देखाउनु !सत्तरी रुपियाँका निमित्त हाड घोट्नु ! बाँसको कलम

उठाउन नजान्नु ! अंग्रेजीको उल्था हुनु, विचारको आदत बिगार्नु, रोटीमा नौनी लगाउनुको प्यासमा गधा झैँ गघाहरू बनाउन बिहानदेखि तोपसम्म पढाउनु, झूटा घमण्डहरूमा ठाँट पार्नु, दुनियाँ ठग्नु र अरू के के, म भन्न सक्तिनँ !

ग्रधाजुएटका निमित्त कृ्‌ष्णजी पुराना कथाका राजा हुन्छन्‌ ।

भागवतमा सच्चाइ हुँदैन, व्यास ठग बन्दछन्‌, पशुपतिनाथ ढुङ्गा हुन्छन्‌,

हेज्लिन चन्दन बन्दछ, गोलभेँडा पथ्य बन्दछ, मनुष्य अत्याचारी हुन्छन्‌, पुराणहरू चलाकी तर्सावट बन्दछन्‌, स्वर्ग शून्य हुन्छ, यमराज गफ बन्दछन्‌ र वेदको सत्यता हराउँछ र पुरुखाहरू मूर्ख बन्दछन्‌ । हामीहरू ग्रचाजुएट भएर पनि कति जान्दछौँ ) नदीबाट पानी

हाइ हाइ अंग्रेजी / ४९