Jump to content

Page:Laxmi nibandhasangraha.pdf/57

From Nepali Proofreaders
Revision as of 22:12, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "बनाउन खोज्दछ, मलाई बराबर 129101107 [एक्सप्ल्वाएटर- अर्काको रचना विचारको सामग्री बनाएर धनी हुन खोज्ने) भन्ने नाम पनि समालोचकले दिए, मानौं म अंग्रेजीलाई नेपालीमा रूपान्तर ढङ्गले निकाल्ये...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

बनाउन खोज्दछ, मलाई बराबर 129101107 [एक्सप्ल्वाएटर- अर्काको रचना विचारको सामग्री बनाएर धनी हुन खोज्ने) भन्ने नाम पनि समालोचकले दिए, मानौं म अंग्रेजीलाई नेपालीमा रूपान्तर ढङ्गले निकाल्येँ, यद्यपि मैले सचेत अनुकरण हरहमेशा होशियारीसाथ हटाएको थिएँ ।

मलाई धेरै कुरा मेट्नु र हटाउनुपप्यो । अंग्रेजी आदतका विचार र

बिचारका

आदतहरूसँग

नै पहिलो लडाइँ थियो,

अर्को अचेत

प्रतिध्वनिहरूसँग सचेतको, जो कक्षामा घुस्न-घुस्न खोज्दथे । मैले त्यसै वेला सम्झें पढ्नुको गफलत । हामी कति अनुवाद

बन्दा रहेछौं । उल्था हुनु हाम्रो शिक्षाको किताप बनिरहेको थियो । हाम्रो

विश्वासमा भूकम्प लगाउनु हामी शिक्षा भन्दथ्यौं । हामी स्वदेशी 'मोलतोलबाट वाञ्चित थियौं । हामी साहित्यलाई धर्म र जीवनबाट अलग सम्झन्थ्यौं । हामी साधारण र अनपढको घृणा गर्दध्यौं । हामी

आर्यविचारका आदतहरूबाट टाढा रहेका थियौं र तैपनि हामी अज्ञातको

कान ठाडो गरेर जनतालाई चश्मा झल्काएर रवाफ देखाउँथ्यौं । हामी

मानौं करका प्रवृत्ति थियौं, स्वदेशी स्वतन्त्रता गुमाइरहेका थियौं । हामी आफ्नो भाषाको अबहेलना गर्दथ्यौं । मैले त्यस वेला सांच्चीकै शिक्षा शुरू गरें, जब मैले कलेज छाडेर जीवन देख्न लागें । तब मैले बुझेँ कि विश्वविद्यालयका खोस्टामा शिक्षा रहेनछ । पठित भनेका ती हुँदा रहेछन्‌, जो जीवनको

जादूको सट्टा

कितापको यान्त्रिकता साट्ता रहेछन्‌, जो स्वजातिलाई विदेशी ढङ्गमा हाल्न चाहँदा रहेछन्‌, र आँखा छोपेर सुधार गर्न चाहँदा रहेछन्‌ । पढ्नुमा

खालि विदेशी जाली बुन्नु रहेछ, खालि उल्थाउनु र उल्था हुनु । प्रौढ जीवनमा पनि हामी स्कूले आदतहरू लागेर बिग्रिरहेका

छौँ । हामीलाई अंग्रेजी ज्यादा पढ्ने विद्वान्‌जस्तो लाग्छ, अंग्रेजी शव्दकोषका

लामा लवजहरूको प्रियता हाम्रो जीवनमा घुस्तछ

। हामी शब्दाडम्बर

बन्दछौं, सत्य छाडेर शब्दमा बहस गर्दछौं । तँ ज्यादा जान्ने, म ज्यादा जान्नेमा स्पर्धाशील झगडा विदेशी आदतहरूसँग बोक्रे क्राहरूमा घुस्तछन्‌ । हामी सागरपारिका क्रामा बहस गर्दछौं र आफ्ना मार्मिक र समीपवर्ती विषयहरूमा आँखा चिम्लने गर्दछौं । हामीलाई स्वदेशी भाइहरूसँग घमण्ड गर्न मन लाग्छ, अंग्रेजी साहेब देख्नासाथ ग्रधाजुएटका

ठाडा शिर नून खाएको क्खुरोको सिउर जस्तै झुक्तछन्‌ । अंग्रेजी बोल्नु ४८८लक्ष्मी निबन्ध-संगरह