Jump to content

Page:Shakuntala.pdf/148

From Nepali Proofreaders
This page has not been proofread

यिनसँग नखराको नक्कली भाव छैन ।
छल कपट सुधाको जिन्दगी नै छुँदैन ॥
सरस सरल वार्ता गर्दछन्‌ मिष्टभाषी ।
वन हृदय बने झैं ओठ रङ्गी सुवासी ॥
(३९)

वचन मृदु चरा छन्‌, वन्य यी अप्सरा छन्‌ ।
पति कलित राम्रा कोपिलाका कुरा छन्‌ ॥
रँग सुवदन बैंसे बीच चढ्दा सुरा छन्‌।
सब वनदुहिता यी बैंसका आँकुरा छन्‌ ॥
(४०)

मृग-शिशुसँग खेली प्राकृत स्वादु केली ।
कुसुमित रँग चढ्दा वन्य आनन्द बेली ॥
मदन शर बनाई बस्दछन्‌ कुञ्जभित्र ।
हृदयसँग बढालू भाव मागी विचित्र ॥
(४१)

वन विरचित स्वप्नातुल्य राम्रा मुहार ।
प्रकृत तवर खुल्ने शान्त खोपी जुहार ॥
किरणहरु पसेका स्वर्गका स्वर्ण रङ्ग ।
स्वर विहगहरूको भित्रिय बोल ढङ्ग॥
(४२)

सलिल मृदुल रेखाबाट आकारिँदा यी ।
तुहिनधवल भझल्कासाथ पाई सफाइ ॥
“कुसुमकलि कि नारीरूपमा मूर्ति ल्याकँ ?'
भनिकन विधिले यी आधि दोधारभित्र ॥
मसृण छिनुहरूले छन्‌ कुँदेका विचित्र ।
fdfdsfsd
(४३)

यिनकन जलका छन्‌ बोल लोलाउने जो ।
गुनुगुनुसित चल्ने बालकल्लोल भाव ॥
पवन वन झुलौना झूल छन्‌ पात झुम्का ।
हरित शिशा जग" जगत्‌ छन्‌ मालिनीतीर थुम्का ॥
प्रकृति सरल सत्‌ प्रभाव ।
मघुर विहगवाला-तुल्य मीठा स्वभाव ॥
(४४)