उदित रवि उज्यालातुल्य ती सामु आए ।
बिहगहृदय तृष्णा ती प्रजाको नुझाए ॥
वन छ जलद जस्तो कीर्तिको रङ्ग फुल्ने ।
दिनभर जुन छेक्ध्यो ज्योति भर्ने मुहार ॥
छविमय छ बनेको मिष्ट मुस्कानदार ।
(४)
“अब सब घर जाओ एकलो बढ्नछु पाई ।
सुखमय वन राम्रो शान्तिको झैं रजाई ॥
मुनिवरहरु बस्नै यो हरीयो निवास ।
मधुर कुसुम फुल्ने स्वर्गको भावना छ॥
(५)
तप, जपसित बस्दा मोहिनी दिव्य आई ।
हृदयकन छुनेछन् प्रेम झैं मुस्क्राई ॥
जुन क्राषिहरु खोज्छन् वन्य मीठो विभूति ।
नयननिकट बन्छिन् आज मेरी यहीँ ती॥”
(६)
वबिहसित मुख हेर्छन् अर्थले ती सँगीमा ।
अनौठा भट्ट आकारिँदामा ॥
“अब वन वनचारी जङ्गाली-प्रेम धारी ।
ड्रिजउपर हुँदामा आज रित्तो भकारी ॥
(७)
वन कुसुम मुसारी कन्द कोक्याउँदाले ।
उदरकन बटारी ह्वौ वनैया भिखारी॥
म त रहन नसक्ने, लड्डुको ढड्डु भारी ।
'शहरतिर हिँडेँ है हात ठण्डा बटारी ॥”
वचन यति लगाई हिँड्न तम्सेर भन्छ ।
"महल घन म पाउँ ताजलाई सिँगारी ॥
रिपुहरु सब धुस्नो पार्छु जूँघा मुसारी ।”
(८)
Page:Shakuntala.pdf/141
Appearance
This page has not been proofread
