Jump to content

Page:Shakuntala.pdf/126

From Nepali Proofreaders
This page has not been proofread

“श्वैन ह्वैन नखरे यिनी सदा ।
बौल्दछिन्‌ अनृत है प्रियम्वदा ॥
गर्दिनन्‌ नुझ निहा शकुन्तला ।
क्या गिज्याउन सिपालु चञ्चला ॥”
भन्दछिन्‌ जल दिएर बोटमा ।
चारु हास्य-रससाथ ओठमा ॥
(२७)

चूपचाप अलि बेर चल्दछन्‌ ।
्ा वल्लरीकर कुनै त गल्दछन्‌॥
गुप्त दर्शक “म बोक्दथें भनी ।
त्यो घडा युवतिको परीसरि ॥”
आर्त चुक्चुक गरेर जल्दछन्‌ ।
(२८)

चारु चङ्ग चपला बसीकन।
त्यो घडाकन घरिन्‌ जमीनमा ॥
«ब्ओोक्न सक्दिनँ म भार” भन्दछिन्‌ ।
ढैडु यो घटभरी निकाममा ॥
छादू्छ छल्छल गरी सधैँभरि ।
खालि रुग्ण शिशु झैं झुकीवरी ॥
आफू चल्न नसकी सधैँ चढूँ।
भय कम्मर सहह्याडी गरी ॥
रुन्छ हेर बहुतै, छ्चा ।
वल्कलै हुदै भिजाउँदै झरी ॥
चल्मलाउँछ सदा कटी पनि ।
खान्छ चल्मल गरेर कर्करी ॥
'जान्छु वा' घर बरू बिहा गरी ।
बाल वास्तव कटीविषे धरी ॥”
(२९)

हिल्हिलाउँछ निकुञ्ज पूरन्‌
2100 ती शकुर मनोहरा । "
(३०)

भन्दछिन्‌ “नगर दुष्ट है कुरा ।
कान दुख्दछ मलाइ चर्चर ॥”
(३१)