Jump to content

Page:Shakuntala.pdf/100

From Nepali Proofreaders
Revision as of 07:34, 27 February 2025 by Rbn (talk | contribs)
This page has not been proofread

गगननीरमा एक सूर्य झैं ।
सहज गर्दथे धूप शासन ॥
चन्द्रमा बने, तारका बने ।
नृप अरू उनीसामु धूसर ॥
तमविषे छटा छाउँथे अझ ।
उडु निभाउँथे ज्योतिले यिनी ॥
(१०)

विपुलवक्षका वीर बान्किला ।
तिलकदार छन्‌ पुष्टभाल यी॥
मुख छ तेजिला ओजदार छन्‌ ।
सब प्रतापका दिव्यसार छन्‌ ॥
(११)

जलधिको तिनीमा गभीरता ।
विमलभावका वीचिका छिना॥
गुण बनाउँदै रत्न कुँदछन्‌ ।
जति छ वर्षिंदो दानको घडा ॥
उत्ति धर्मका राह कुदछन्‌ ।
गजब ! ती भने नित्य उत्ति छन्‌ ॥
(१२)

विष्णुरूपका युग्म बाहुली ।
राज गर्दछन्‌ भूप भूमिमा ॥
बाहुली दुवै स्वर्गमा पनि ।
राज गर्दछन्‌ देवताकन ॥
(१३)

शिखरबीच छन्‌ वीर शङ्कर ।
तारकाविषे छन्‌ दिवाकर ॥
क्रातु समस्तका यी वसन्त छन्‌ ।
कुसुमकीर्तिका रँग अनन्त छन्‌ ॥
(१४)