Jump to content

Page:Prometheus.pdf/140

From Nepali Proofreaders
Revision as of 16:59, 22 June 2025 by Rbn (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

सग्राट्का अमर शत्रु संसारमा, नरनिमित्त,
अगिन चोरियो स्वर्गको प्रमिथसबाट, अनि
जगमग जाग्यो मानव-जगत्‌ नव सभ्यतामा
नव प्रभातमा, शांखध्वनिमय महाविजयको

(२१)
तर यस्तो महाविषयको महामानवीय
उच्च उडान जहाँ त्यहाँ ! पत्ति कम्जोर कवि !
भाषा यस्ती गरीब ! केवल हृदय ईशानकी
लाटी आशा सरी ! केवल छाती उकासा भाषा !
केवल बोल्न पिपासाकविको ! तिभिरावासा !
्योसन आगो अलि, जुल्कन पालास आथीनी ।
बोलाउन यूनानी अपौलो, अमर युवक,
किरणकुंजको हिरण्मय अगिन कलेवर
पाश्चात्य सूर्य युवकलाई यहाँ अति जोशिलो !
महाविषयको समतल होस्‌ दरिद्र कविको
एक सुनौला उत्तेजन, दौलतमन्द ! ए माता ।

(२२)
मैले सुनेको छु कसरी बज्दछ शिल्पचित्र
फंकृत उद्दीप्त, मेम्ननको, शिल्पचित्र सजीव
यूनानमा, जम्र सतत युवा यूनानी सविता,
अपोलो अभिधेय, किरण किरणले दिन्छन्‌
त्यसमा दिव्य, सुदिव्य सकार ! नव प्रभातमा
बज्दछ उनको कनक बीन, मधुर राग
प्रवीण ! प्रथम भावका सन्दतका फिल्काहरू
मर्छन्‌, रु्छन्‌, कण-कणमा ! त्यसको म्वण ली,
मीड, मीड, निक्वण, निक्वर्ण ! मधुर प्रतिक्षण !
तन दृश्यसंगीतले तीद्रतर, तीव्रतम,
जगाउँछ दिबास्वप्न, अभिनब, व्योमांकित,
सावितृढृदयकल्पित संसार नव रंगमा,
जगाउँदै आत्माहरू स्तुतिदार, उच्चोच्चारक !
ती जागृत पंख चोर्दछन्‌ घपघप आकाशमा
अगिन स्फुलिंग नवजाल दुई दुगले चोर्दछन्‌ ती
त्यसरी बज्दछ रे मेम्ननको ललित शिल्प !
किन मुर्दा बनुँ तब चीसो यस नव जागृत
प्रजातंष्रको प्रभातमा ! म पनि बन्दछु मेम्नन !
प्रथम अगिनचोर महावीर प्रमिथसले