स्वर्ग ! बसुन्धरा जब काँप्लिन्, व्यायतबदनी ।
नेपींध खाल्डोले मुख बाउला निगल्न जब
जिउसको गौरवशाली मूर्ति... महाप्रलय ।
(२८)
"स्वतंत्रता अप्सरातद॒श रली तब पृथिवीमा ।
फैलेला एक प्रकाश नयाँ वसुन्धराभर ।
वातावरण होला धौत, शरदीय निर्मल-
जिउस महादेवको महाशक्ति खंडहर बाद !
(२९)
"नवान्दोलित नव दौैलतमन्द बन्ला दुनियाँ
कराई नव युगका नारा, नव बिजयध्वनि !
त्यो महादिबस, चिडिया हँ क्षितिजमा
दूर, दूर, मिरमिर रेखामा आइरहेछ निकट ।
कालो मसीमा मेरा घमिला जलकणका
लेखिरहेछ महासमय त्यस दिवसको
रेखा मधुर ! यही वेदना, यही पीडा मेरी,
विंजयित्ी बती विश्वकी, उघाली तवपात ।
(३०)
"कंटकहरू, जसले कोरै सत्यपथका जन,
छरछर रगत निकाली मदुल मांसमा,
फुल्नेछन् ताल, लाल गुलाफ अमर ।
उग्र सत्य भीषण स्वरूपमा उठ्ला
अत्याचारी स्वर्गतिर संघाको घन झैँ
कृष्ण, कराल ! आह आहमा आँधी छन् मेरा !"
(३१)
दीर्घ सृच्केरासँग प्रमिथस ढल्के थकित,
अलि बायाँ कोल्टो ! भालरेखा पीडाले सिकुडी
सुस्केरा लिए एकबार । तब सान्त्वना दिनलाई
करुण कोमल जल-अप्सरा अघि सरी
बोले :
उग्र, उग्र तिम्रो उत्पीडन, प्रमिथस !
(३२)
पा हत समुद्र कँ कराल वेदना देवको,
शैलोच्च उर्म्मिमा गर्जी गर्जी बोल्छे फेनिले ।
बगाउन सक्ने भए यो अन्तरको बडवानल
रोई, रोई सागर डुबाउँथ्याँ मेदिनी हामी-
सह, सह, सह, ए सहिष्णु टाइटान् !
शान्त सहिष्णुता वेवत्ब हो महाबीर !
जति जली जसी सहन सक्यो उति उति,
Page:Prometheus.pdf/119
Appearance
This page has not been proofread
