Jump to content

Page:Prometheus.pdf/116

From Nepali Proofreaders
Revision as of 16:44, 22 June 2025 by Rbn (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

सदा सृष्टि छ धावित सुन्दरतिर अविदित ।

(१५)
"सब धर्म हो सुन्दरको चेतको विकास ।
विश्व यो जीवन-लावक छ सुन्दरनिमित्त ।
रूपमा, रागमा, स्वरमा, स्थितिमा, सपनामा,
प्रकाशनमा, रचनामा सुन्दरताका प्रेरणा
अविरल लिन्छन्‌ प्रवाह, सिर्जी मानब-सभ्यता ।
सुन्दरता हो जीबनको मुटु, प्रमिथस !"

(१६)
पति उच्चारण गरी मधुर स्वरमा ती शोभा
भइन्‌ त्यहाँ अन्तर्धान...उनका स्वर, स्वरमा
अति गद्गद प्रमिषसले पाए नवचेत,
जस्तो अभिनव उच्च कलाको स्रष्टा स्वप्नशील
हेर्दा हुन्छ दर्शकगणलाई--एक नवीन प्रभाव ।

(१७)
तब ललित कलाहरू आई नाचे छमछम ।
अनेक भावमा ती नाचे, अनेक नृत्यमा सुन्दर !
घुम्टो खोली पतला ती नाचे मधुर स्बरमा,
हलुका पयरमा सुस्त पहिले, अनि द्रुतगतिमा ।
बि समयलाई तिनले मधुर तालमा,
विच्चेत परिवर्तनको क्रमको चेत दिई
स्वर परिवर्तनले; बडी बंडी समय मधुर,
सूचना गरी विविध ढंगमा, अनन्तका उरका
भाव-संभावनाहरू सनलाई गरी अभिव्यंजित ।
सृष्टि, पालन, प्रलयका तीनै गतिको, क्रमको
संमिश्रित लयदार प्रतिच्छायासरि चले,
ललित कलाहरू कोमलांगिनी, सजीबताका
फैनिल इन्द्रेणी गजरका रुचिर सिउर फैँ ।

(१८)
अनेक अनेक नत्य-संगीतले अभिराम
रमाइए त्यहाँ प्रमिथस ! मध्घुर मनोरजनले
विस्मृता वेदना अलि समय रहिथी दूर ।
त्यो मधुर, अन्तर, अति आनन्दमय, पछि,
झन्‌ बिजुली क अन्धकारकी चम्की, चड्की वेदना-
जल तथा घ्वनिमा उर्ली...श्वास भए उनका तब
आँधी, आँधीसमान । ती जलदृशी जलपरी
हेरिरहे लाचार उनलाई, अंचल पुच्छ्दै ।

(१९)
"कला -सुन्दरताका तुललित अंगहरू