चिल्लापाते लहराहरूको मुम्कादार कम्मरबन्दी-
लाई लाल गाल मसकदार मुस्क्रीवाला,
लच्की, लजिली, लुफ्तदार-ललित नृत्य-लोल
भावान्दोलित अंग हिलाई खिलखिल, चमचम !
मसरी गाए तिनले मधुर प्रकाशमा प्रयम
प्रमिथसीय प्रदीपको पवन प्रचंचल, चमचम ।
भाषामा अईस्फुटित जसका सुन्दर गेडा,
हाम्रा राब्दहरूभन्दा औपन्यासिक, अत्यर्थ,
संकेत थिए जुलिक्दा भाव, भावका उद्दीपित ।
(७)
"परम परम थैऔ ।
परम परम थेऔ ।
हेल्लिल्लिल्लिल्ती,
हेल्लिष्लिल्लिल्ली !
ओह, मिरावीली ! ओह, मिरावीली !
फ्लिकर, फ्लिकर, हेलिओस् ! हेच्िल्लिल्रिली ।
लुस, लुस, लुमिनोस, लुसन्त लुसन्त च्ौस् ।
लुस, लुस, जिया, हे्लिन्निब्रिल्ली ।
हेल्लिल्लिल्लिल्ली !
भाक् ओ, लोक् ओ, आन्थोस् डृरिनयस् !
स्फ्र, स्फुर, मरमरे, हेल्लिल्लिल्लिल्ली !
हेल्लिल्लिल्लिल्ली !
हेलेना, हेलेना, हैल्लिल्लिल्लिल्ली !
(८)
यसरी दीपशिखा लासको उल्लास गाउँदै
वर्वरध्वनिमा सुन्दर, तिनले खुशियाली
खुब मनाए गष्वरहरूमा त्यस रात "धन्य,
धन्य !" भन्दथे ती प्रमिथस, परमदेवको ।
अनि म्यासहरू बाली हेरे, शृष्क जार, पात,
मीठो न्यानो आयो लुगलुग सेतो रातमा, अहा !
कति दनदन, कति दनदन, रमरम !
अनि पोले, पकाए मासु काँचो, कति मीठो !
अहा, क्या बुलन्द स्वाद, तब न मृगमांस
मृगमांस ! ओह, सब चीजमा आयो अमृत !
अमृतको स्वाद ! त्यो अरिनभित्र छिपेको, गया स्वाद,
बुलन्द ! तब न आगो, तब न ज्वाला, चमत्कार !
Page:Prometheus.pdf/70
Appearance
This page has not been proofread
