(३)
मानेवहरू !
क्षद्र, दरिद्र, जीवहरू, मलित;
बाँदरहरूभन्दा एकै सिँढी चढेका,
गरीब जन्तुहरू,
प्रकतशक्तिका सामु लाचार वदन,
हावाका पराल,
समुद्र लहरका रुयाउ
निवास गर्थे गिरिगहबरमा गृहहीन,
पशुभन्दा कजमोर ।
संदेहा५५क्रान्त, अन्धकारमा .भयभीत,
अविदित त्रस्त, ती,
मृत्युसँग नित्य खेल्थे कस्ती ।
नित्य मृत्युका छायामा ।
थरथर काँप्थे प्रकृत प्रकोप अघि,
अज्ञात-बीजँ ।
बर्बर पूजा गर्थे दुष्ट देवका अविदित ।
(४)
दुईखुट्टे, बनजन्तु अगाडि लाचार ।
टक्क टिँगरा,
टुकुटुक हिँड्ने, धावनमा
पशुले पराजित;
क्षैतिजवदन, न-खछीटा,
लटमुख, तर्सालु,
दुई उपहास्य मुँडन करले सज्जित,
रोमहीन,
दाँत देखाई हर्ष प्रकट गर्ने, डिच्च,
'बर्बर हल्लादार ध्वनिका लटपट,
विचित्र वानररूप, पुच्छरहीन,
शिकारमा पिल्लाडिएका सब जन्तु पछि,
कोमल चर्म्म, वर्म्महीन,
मानवहरू थिए प्रथम अवस्थामा
लाचार, लाचार ।
(५)
तर शक्तिशाली महादेव जिउसको
शासनकालमा, शान्त भयो संसार ।
ज्वालामुख गार्जन उग्र समरका
Page:Prometheus.pdf/33
Appearance
This page has not been proofread
