अह्ाइयाको कालका विकराल जालमा नपरी नहुन जाँदा, आफ्ना परिवार पुत्र, कलत्र, मित्रवर्गसितको प्रेम त्याग गरी, यस् असार सन्सार सागरलाई तुच्छ मानी तेस अन्त्यावस्थामा केवल रामनामको मुख्य आधार मानी, आफ्ना अपूर्व कविता शक्तिले रामगुण गान गरी, कहाँसम्म भनू, निराधार कवितासित यति दिन सहवास गरी, आफ्ना चित्त मन्दिरमा प्रेमले अ [) धार दी, आफ्ना बखूतबख्तका स्मरणले आश्वासन् दी मानो कवितारूप लतिकाको सम्भान प्रेमरूपी स्वच्छ जलले औसर्मा गरी, फेरि छंद, रस, शब्द र अर्थका अलङ्कारले युक्त भयेका प्रबन्ध रूप कसुम अर्थात् फूलको विख्याति भम्तिरसका अ्मरसमूहका नजीकसम्म पुस्याई, छंदले कवितानुरागी पुरुषका अत्यन्त भनुपरेकी, रसात्मक अर्थात् अंग २ रसले पुर्ण भयाकी, अलङ्कारले शोभयमान भयाकी, ध्वनिले गम्भीर स्वभाव भयाकी, अर्थले साहित्य जान्न्या र् काव्यको मर्म जान्त्या रसिक जनको चित्त आनन्दित गर्ने भयाकी, अन्वय रूप गुप्त मन्दिरमा बस्ने भयाकी, काव्यका अरू कलाले ललित भयाकी यस्ती कवितारूपी वनितासित आफ्ना बृद्धि, पर्वजन्म जनित काव्यरचना शक्तिले लगाइयाका चित्तवत्ति, चातुर्यतासाथ प्रेमको नेम यति दिनसम्म राखी, अब उपरान्त त्यो हृदयको कोमलता त्याग गरी, प्रेमबन्धन तोडी, अबला कवबिताकन पनि सर्वथा निराधार गरी, पाषाण बराबर मन गरी, हज्जारन् वर्षसम्मन् गोर्खासमाजमा बराबर चर्चा हुनाका लायक् भयाकी कविताकन निर्माण गरी, मानो कवितारूपी अक्षय लतिकासितको अवलम्बन आफ्ना चित्तरूपी कल्पवक्षं छुडाई अरू सामान्य क्षणभङ्गडी, असमर्थ, कविसमूहरूप भविष्य वक्षको लोभ देखाई असहाय गरी, अपूर्व कवितारूप यश र कीर्ति दुवै राखी मानो सन्सारभर्का सब पहाडमा अल्गो भयाको हिमालय गिरिनिवासी रसिक कविताभिलाषी बुद्धिमान, यथार्थ वक्ता, पुरुषहरूका हृदयमा निजनिर्मित कविताले आफ्न् चित्तवृत्तिको चित्र, स्वभावको, बृद्धिको,
Page:Kavi bhanubhaktako jivancharitra.pdf/29
Appearance