Jump to content

Page:Shakuntala.pdf/320

From Nepali Proofreaders
This page has not been proofread

मीठा कोमल शान्दले नजरले बोल्दा भिजेका नडा ।
काँपेका दिलले चरीसरि कुनै वर्षा निजूली अघि ॥
रुन्थिन्‌ लाज तथापि लाल रसले गाला छुँदै बोल्दथ्यो ।
पैह्लेका मृदु बात ली विपिनका वासन्तिका माघुरी ॥
(२३)

यौटा आँस्‌ गडेर गोल लव झैं गाला छुँदौ लर्बरी ।
टप्कँ टप्कँ गरेर त्यो अडिरह्यो दुःख थियो माधुरी ॥
त्यो घुँक्का कति कष्टले शरमले निल्थिन्‌ तिनी ओठले ।
मीठा नात सुनाउँदै शिव कठै ! मूर्छा हुँदै चोटले ॥
(२४)

त्यस्ता सुन्दरता अगाडि जलका दानाहरूले ₹ंँदा ।
यस्तो घोर भएर विप्लव त्यसै स्वर्ग वहाँ वर्षिंदा ॥
केही सम्झिन ! सम्झना ! किन थिइस्‌ मूर्छा बनी शून्यता ?
हा प्यारी ! बिचरी चरी झरझरी रुन्धिन्‌ गइन्‌ ती कता ॥
(२५)

हाँसे खुल्न तयार ओठ पहिलो आधा खुला उज्ज्वल ।
आशाले विरही थियो हृदय क्या भाषा लिँदो मन्जुल ॥
को होलिन्‌ ? म त भन्दथें मुसुमुसु प्रारम्भकी चाँदनी ।
कालो बादलमा विलीन अन छन्‌ विश्वै अँध्यारो ननी ॥
(२६)

तारा आँसु भएर आज निशिमा नीलो ननाई मुख ।
चम्के ती जलनिन्दु दीर्घनयनीका नानिका सम्मुख ॥
कोही छैन ? कहाँ गड्न्‌ खबर क्यै ल्याईदिने सत्वर ।
पानी भझील बनेर थाप्छु उरमा ती आँस्‌ रात्रीभर ॥
(२७)

भेटेदैखि नताइदेक जन हो ! दुष्यन्त राजाकन ।
साह्रै दुःख छ नीदशून्य पछुतो जल्दो छ सुक्दै मन ॥
हा ! हा ! दिव्य शकन्तले ! नजर भो झल्का मिले एक नै ।
मर्ने छैन जलेर जीवन चितामा दुष्ट दुष्यन्त नै ॥
(२८)