This page has not been proofread
(१३)
छातीमा शनत्रुकान्ताको दिनरात निरन्तर ।
हाराऽऽकार बगेका छन् अश्रुधारा मनोहर ॥
(१४)
अधकल्चा गराएर छोडेको किन दुश्मन ?
हेरदा तिनका नारी दगुर्दै छन् प्रतिक्षण ॥
(१५)
खड्गलाई थियो खाली वैरीका रक्तको भर ।
अब वैरी कुनै छैन पर्यो दुर्भिक्षको डर ॥
(१६)
धिक्कार हो महाराज ! प्रभुको चातुरी पनि ।
स्वर्गमा शत्रु छन् माथि प्रभु आफू उनै मनि ॥
(१७)
पियारी कीर्ति-कान्ताको ज्यादा छ छिचरोपन ।
घुमीघुमी गरेकी छ कविको मुख चुम्बन ॥
(१८)
चन्द्रको कालिमा-दोष नसकेर पखालन ।
पुगी पातालमा कीर्ति थाली मुख लुकाउन ॥
(१९)
कीर्तिले जगतै ढाकी भनला को गफी बनी ।
रक्तले शत्रुका राज्य लालै छन् ती अझै पनि ॥