(११)
भाक्सु, आसाम, बर्मा, सिकिम र मलया, दार्जिलिङ् श्याम सारा
नेपाली बास-बस्तीहरु-बिच रसिलो भानुकै काव्यधारा
हर्दम् बग्दो छ अद्याऽवधि घरघरमा, दूरता-दोष धुन्छ
मानू जातीयताका सब-फुल बटुली ऐक्यको हार उन्छ
(१२)
जो निस्केको छ ऐले विविध किसिमको नव्य साहित्य-सृष्टि
त्यस्मा भाषा-विकास प्रणयमय उही भानुको तीक्ष्ण दृष्टि
पौडी खेल्दोछ हर्दम् अमृतमय मिठो रङ्ग अर्कै निकाली
टल्केको उर्मिमाला-विलुलित सरमा हंसझैँ भाग्यशाली
(१३)
कस्तो मौका थियो त्यो ? किन कविगुरुले लेखनी त्यो लिएथे ?
कस्तो निन्दा घृणाको सहिकन कटुता काव्य त्यस्तो दिएथे
त्यस्ले के लाभ ल्यायो सकल मुलुकमा यो सबै जान्नुपर्छ
जानी ती भानुलाई प्रथम कवि भनी राष्ट्रले मान्नुपर्छ
(१४)
नेपाली गैह्र हामी, हिमगिरितटको राष्ट्र नेपाल हाम्रो
हाम्रो यो राष्ट्रभाषा प्रचलित सजिलो, छन्द-शैली छ हाम्रो
त्यो हाम्रो आदिकाव्य प्रिय कविवर ती भानु आचार्य हाम्रो
हाम्रो यै भावनाले जुग जुग तब, यो बन्छ नेपाल राम्रो ॥
Page:Lalitya bhag 1 ra 2.pdf/306
Appearance
This page has not been proofread
