Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/301

From Nepali Proofreaders
Revision as of 12:16, 18 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

(२७)
शिक्षा-वंश विचाराऽऽदि देखिन्छन्‌ सब उन्नत
कहाँबाट मिल्यो राजन्‌ ! नम्रता गुण विस्तृत ??

(२८)
कु-शाऽऽसन*** फिँजारेर बस्ति***-पीडा गरीकन
ऋषि लागे महाराज ! बलले चक्र*** चालन

(२९)
पसेको छ महाराज ! राज्यमा न्याय बञ्चरो
बिउलाई पनि छैन कतै अन्यायको जरो

(३०)
रोक टोक कतै, छैन खुला छन्‌ ती दशै दिशा
मध्य आकाशमा सूर्य छँदासम्म कहाँ निशा ??

(३१)
अन्याय भो महाराज शकिँदैन बताउन
सबैका काखमा एकै शान्ति-सीमन्तिनी किन ??

(३२)
महाराज ! कतै छैन डाँका, चोरी, कुटाकुट ।
प्रभुका नामको मात्र परेको छ लुटालुट
१. कुशको आसन र खराब आसन
२. बस्ति भाग र गामबस्तीहरू
३. षट्चक्र र व्युहचक्र आदि