This page has not been proofread
(१६)
हामिमाझ दिनमा झक मारी
फेदिमा यसरि पाउ पसारी
पर्दछौँ जति सुती अलपत्र
औललाइ उति पर्दछ सत्र
(१७)
व्यर्थ फालि हिँडने शुभ वेला
शैलमाथि कसरी पुगिएला ?
धामले पछि सरासर हामी
बन्दछौँ सब अवश्य बिकामी
(१८)
मित्र ! यो समय व्यर्थ नफाल
धोउ हात मुख चित्त सम्हाल
कृत्यको सरल मार्ग समातौँ
स्वप्नको भ्रम लिएर नमातौँ
(१९)
मित्रवर्ग ! बटुवाहरु धेर
सुस्तसुस्त सजिलैसित हेर ।
शैलमा चढिसके किन व्यर्थ
गर्दछौँ अझ सुतेर अनर्थ ॥