Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/273

From Nepali Proofreaders
Revision as of 12:00, 18 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

(५)
आकाश शब्दले ढाक्यो चित्त ढाक्यो तपासले
लुच्चो भएर कुर्कुच्चो ठोक्यो होश हवासले

(६)
छुट्यो अत्यासले रेल थर्क्यो हृदय-टेशन
मैले रुमाल हल्लाएँ गोराले झैँ बिदा दिन

(७)
कहाँ त्यो सभ्यको चाला कहाँ ती मूर्खको गिदी
के सम्झन्थे कठै ! मेरो त्यो शिष्टाऽऽचारको विधि

(८)
उल्टो मेरो बिदालाई सम्झी सोझो निमन्त्रण
फर्क्यो फरक्क तत्कालै त्यो सारा दुष्टको गण

(९)
पायौँ निमन्त्रणा, आयौँ, गर पूजा भनीकन
लागे मानू सबै छुच्चा पाहुना खल्बलाउन

(१०)
कहाँ पाद्य, कहाँ अर्घ्य, कहाँ विष्टर, आसन
पार्न थालेँ तिनैलाई म उल्टो रक्तचन्दन

(११)
त्यस्ले झन्‌झन्‌ रिसाएर खैलाबैला गरी ठुलो
गर्न थाले जबर्जस्ती धैर्य मेरो भयो धुलो