This page has not been proofread
(४)
प्रतिभा नभमा विहार गर्छ
प्रतिभा सात समुद्र पार तर्छ
प्रतिभा अणुसम्म फोर्न सक्छ
प्रतिभा स्वर्ग सबै निचोर्न सक्छ
(५)
प्रतिभा युगको प्रवाह देख्छ
प्रतिभाले सजिलो विधान लेख्छ
प्रतिभा छ अनन्त-शक्ति-धाम
प्रतिभा बन्दछ विश्वको लगाम