Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/66

From Nepali Proofreaders
Revision as of 08:03, 17 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

(४४)
कविता-
बढिया हो यो वचन, तिमिसित शिवजी खुशी रहून्‌ बहुत ।
बन्द गरौँ सब बात, सुत अब धेरै गयो रात ॥

(४५)
[1]खुशिसित बसि मेरो लेख यो हेरि साफ
गुण जति लिनुहोला दोषमा पाउँ माफ ।
भनि नुहिकन सारा मित्रमा प्रीतिसाथ
गरदछ कर जोडी प्रार्थना 'लेखनाथ' ॥

  1. त्यस अवस्थामा नेपाली भाषा कुन हालतमा रहेछ ? त्यस कुराको पत्ता यस लेखबाट मिल्छ ।