जान्छिन् ओर्ली उपवन भजी सम्झनाले मिहीन ।
दैख्छिन् यौटा मृदल बिम्वा वैलिएको मलीन ॥
"दुःखी प्यारी सखि पर हने जासले आज दीन ।
कल्ले देला जल ? नजरले सम्झनाको मिहीन ॥"
भन्दै आँखा टलपल हँदा कोमला हातबाट ।
दिन्छिन् आशा "हृदयसँगमै छौ" भनी प्रेमसाथ ॥
(६१)
हाँस्छन् भन्थे अघि तह लता आज छुन् क्या उदास ।
चीसो चीसो छ अन वनमा घाममा नै नतास ॥
गाँसी मेरा हृदयसँगमा, प्रेमको वृक्ष वल्ली ।
स्व देख्ये कसुमित यहाँ स्वप्नको भै विकास ॥
(६२)
"मेरा प्यारा सखि सब रहे प्रेमका रूप नाना ।
खेल्थे दुल्थे यिनसँग क्रा गर्दथे साथ बढ्यथें ॥
पढ्थे पाना कसुमहरुमा, सुन्दर्थे मिष्ट गाना ।
दाना दाना हृदय चुहँदै हुन्छु आजै ववाना ॥
(६३)
मेरो क्रीडावन समयले दुर राख्ला मबाट ।
सग्लै बन्ला हृदयपटमा चित्र यो) प्रेमसाथ ॥
सम्झी सम्झी मनमन सदा कत्पिदी प्रेमकञ्ज ।
डुल्दै डुल्दै गहभर हेँदै छर्क्ला रोज रोज ॥
(६४)
वल्ली फुल्ली पिकहरु यहाँ फूल डाक्लान् रँगीन ।
ल्ली हल्ली मलयतरुमा मृत्य नृत्य गर्लान् नवीन ॥
चिल्ली खल्ली मधुर मुखकी मञ्जरी मञ्नु फेरि ।
वल्ली वल्ली विहगहरुले गान गर्दा वसन्ती ॥
(६५)
चीसो बन्दै हृदय तर हा ! आँसुले सम्भिनेछ् ।
न्यानो पाई स्फुट-अघधरमा कोपिला फैलिनेछ ॥
खम्ची खम्ची हुदय तर यो शीतदाना लिनेछ ।
आशा फ्ल्ली वनभर यहाँ दुख मेरो हुनेछ ॥
(६६)
Page:Shakuntala.pdf/247
Appearance
This page has not been proofread
