अजेय महत्त्वमा मेरो मानव-आत्मालाई स्वर्गको उज्यालो ओढेर विचित्र अधरले आह्वान गरिरहेछन् ।
ती चुलीहरूमा पुग्न कठिनाइको हद छ । त्यसतर्फको बाटामा सयपत्रे पहाडहरू छन्, ढुङ्गाका राज्य, काँढादार जङ्गल, दुस्तर नद छन् । त्यहाँ सभ्य आराम छैन । खालि खोज र प्राप्तिको मिठास छ, खालि कठिनाइको दुना, खालि खतराको मोहनी; त्यहाँ चिसो हावा छ, काट्ने, ठुङ्ने, मलाई बाजे भन्दैन । पृथ्वी तल तान्छिन्, तर फोक्सो फोदै म माथि चढ्न चाहन्छु । जति माथि चढ्यो उतिउति हात-पयर गलेर आउँछन् । शारीरिक जीवन हात-खुट्टा छाड्न खोज्छ, हावामा पातलोपन पाइन्छ, म एक्लिन्छ । अकेलापनको भीषणता र आत्मसंरक्षणको सूक्ष्म चतुराइँहरूका भीषण भागहरूले मलाई बराबर निराश गराउँछन् । जस्तो सर्वोत्तम कामहरूमा जति माथि चढघो र आश्वासनको कमीले यस्तो थाहा हुन्छ मानौं परमेश्वर असम्भकनेर लगेर मानवात्माको जटिल परीक्षा गरिरहेछन् । त्यस्तै म ती हिमधवल शिखरहरूमा त्यही निराशाको लुगलुगी र असम्भवको चिसौ श्वासमा कठयचाडङ्ग्रन खोज्दछु । तर चुलीको मोहनी मेरो आत्ममोहनको मुस्कान झैं आश्वासन दिँदै अलौकिक शक्तिले पयर तताउँदै लैजान्छ । स्वाँस्वाँमा उन्नतिले ढीला पयर चलाउँछ, मरणासन्न खोजहरूले परमेश्वरका झल्का दिन्छन् । पार्थिव जीवनको ओसजन त्यहाँ कम हुन्छ, जहाँ स्वर्गको फिलिङ्गो चोर्न भनेर मानिस देवताहरूको बासतिर उक्लिरहेछ । त्यहाँ महात्माहरूलाई पनि शङ्गार अनौठो त्रासले पक्रन खोज्दछ, तर धुन र ध्येयले पहाड जितिरहेछन् । एक मोहनीले संसारका सर्वोच्च गिरिमालाहरूलाई हँस्सी उडाइदिइरहेछ । मान्छेका रगत नै ठण्डा गराउने भीषण ध्येयहरूमा सभ्यता, विज्ञान, विवेक र अन्दाजका हरकिसिमको न्यानो गराउने सामग्रीको दरकार छ । एक झूटो कदमले पीध नभएको खाल्टी देखाइदिन्छ । एक भूलले अनन्तको आशा चकनाचुर पार्दछ । तर मानवात्मा खतरा र कठिनाइका भीषण उँचाइमा आफ्नो वजनलाई अनुकरणीय चातुरीले मिलाउँदै उच्चताको आशामा अग्रगामी भइरहेछ । शिरोबिन्दु ताक्ने ठाडो उकालामा खुट्किला काटी-काटी क आफ्नो बाटो बनाउँदै जान्छ र आफूले बनाएको बाटो आफैँ तताउँदै जान्छ । स्वर्गको सुनौला मोहनीले आत्मालाई रेशमी घागोले तानेर गिरिहरू लङ्घन गराउँदै छ, सौन्दर्यको एक झल्कामा