तीनतले झार उमार्न खोज्ने माटोको नैसर्गिक प्रवृत्ति देखाउलान् जस्ता छानाहरू र त्रिकोणी पाखाहरू झिभिल्यान्न देखिन्छन् । तिनमा समता छैन, अग्ला-होचा लहडी बनौटका छन् र छानाहरू जस्तापाताको सेतो स्लेटपनाले त्यत्तिकै अनौठा देखिन्छन् जत्तिको क्रषिको टाउकोमा अंग्रेजी स्ट्रे ह्याटले ल्याउन सक्ला । एक जनाले मध्यपदी सिद्धान्तमा आफ्नो घर आधा झिंगटी र आघा जस्ताले सिंगारेको रहेछ, तर जस्ताको बायाँ टुक्का गरीब पाखेले घुँडा टालेको टुक्रा जस्तो देखिन्छ । अनि बैंसका विनम्र लामपाते 'झीनाहांगे रूखहरूनजिकै पानी खाने छानाहरू छन्, जो शस्यवती पृथ्वीका परालहरूबाट वार्षिक जीर्णोद्धार चाहन्छन् । यी तिनका छाना हुन् जसलाई हामीहरू झोपडी भन्दछौं । यिनीहरू सच्चा नेपाली माटोले बनेका छन् र यो शहरको सामीप्यमा अल्पसंख्यक भएर छरिएका छन् ।
मलाई यहांबाट हेर्दा डिल्लीबजार (पुतलीसडकको कुनासम्म) बरैँचे बजार जस्तो लाग्दछ । यहांका मान्छे प्राकृत हरियोपनबाट वञ्चित देखिन्नन् । सिर्सिरिलोपन त्यहाँ हावामा छहरा झैँ बनेर आनन्द देला भन्नै मेरो अनुमान छ । त्यहाँ चरा बोल्दाहोलान् जस्तो मलाई उठाउन मिमिरेमा धोविनी । म भन्न सक्तिनँ त्यहाँ ढुक्क्र बराबर कुर्लन्छन् कि कुलँदैनन् तर करर्लनुपर्ने ! त्यहाँ भ्यालको समीपवर्ती हरित फुल्दा प्रशाखामा रष्वीन चराहरू जरूर आउँछन् । तर मेरो घरमा त्यस्तो केही छैन । त्यहाँका मान्छेले बगैचामा सोख लिनुपर्ने यद्यपि मैले फुर्सतै पाइनँ । यो दृश्यबाट अर्को अनुमान मेरो यो छ कित्यहाँका बासिन्दा संगीतमा सौख राख्ताहन् जो साधारण प्रवृत्ति भएर फैलिरहेको सपना म अहिले देख्तछु ।
अलि आँखा तिमिराए, यद्यपि मैले अघि बताएको 'सिर्सि्रिलोपन' प्राकृतिक शरत्कालिक झैँ हावामा इन्द्रियग्राह्यरूपले शीतलता भएर स्पर्श गर्न लाग्यो ! यो मध्याह्नमा यस्तो शीतलता हुनु बतासको करुण महिमा हो । मलाई कश्मीरा भए पुग्छ, सुइटरको जरूरत पर्दैन । वर्षामा पानी पिउँदाको शीतलोपन मात्र यहाँ छ, तर ठकठकाउँदा दिनहरूको मिर्मिरे सङ्केत जस्तो मात्र लाग्दछ । मानौं यो दशैंका कुइरोको गुप्तवास आएको श्वास हो ! हाम्रो डिल्लीबजारको बेहानी दूधपानी त लौ हेर ! आकाशमा मसलाको बोटनेर सफेद भएर फेरि निस्क्यो । वाह ! चल्छ- सुर-सुर-सुर ! उत्तरोत्तर मानौं हिमाल नै स्वर्ग हो । त्यसको रूखबाट