Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/101

From Nepali Proofreaders
Revision as of 16:41, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

(१२)
आँपका मधुर मञ्जरि खाई
दीर्घ उच्चतर कण्ठ खुलाई ।
कोइली गरछ गान विचित्र
मस्त भै छिनछिनै रुखभित्र ॥

(१३)

      • लोकमा छ न त वृष्टि न घाम

शीतको छ न कुनै धुमधाम ।
वायु चल्दछ बडो सुखकारी
धन्य सुन्दर वसन्त विहारी ॥

(यो कविता पनि नेपाली दोस्रो किताबमा राख्न लेखिएको हो । -लेखक)