Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/64

From Nepali Proofreaders
Revision as of 21:07, 17 June 2025 by Prty (talk | contribs) (Proofread)
This page has been proofread

(३४)
कविता-
रसिला नैतिक बात लेखन उठ्दैन आफनै हात ।
भन बरु छ भने होश, किन फिर अरुमा वृथा दोष ॥

(३५)
कवि-
उपयोगी परिपाटी लिएर कन्था कटाकटी काटी ।
लेखनु यो कठिन कुरा छन्‌ सब त्यस्ता कहाँ चतुरा ॥

(३६)
कविता-
उपकारी मर्मज्ञ विचारवाला गुणी महाप्रज्ञ ।
भाषमा छैन कुनै यो त बताएँ स्वयं अघि नै ॥

(३७)
कवि-
अघिका सत्कवि जस्ता मिल्छन्‌ कविजी कहाँ सस्ता ।
तर तिमि हार नखाऊ, स्थिर गर भाषाविषे पाउ ॥

(३८)
कविता-
होला शिक्षित देश भनेर भाषाविषे सहेँ क्लेश ।
कविको पुगेन ढङ्ग उल्टा, मेरो टुटे अङ्ग ॥