Jump to content

Page:Luni.pdf/68

From Nepali Proofreaders
Revision as of 13:52, 6 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

बिहा भन्ने मुटु मटु
बेली फूल पारी ।
एउटाभित्र आर्को गाँसी
दिनु सिँगारी ।
बृद्ध भगवान्‌ भन्नुहन्छ
ल्‌नी 'चाङना' की ।
ह्लानो पस्ला केलिन्‌ गुम्बा,
चाङना राख्ला यशको खम्बा,
आर्कैलाई वर्ने दिलकी
ह्लानेको बृद्धि भूलकी भई
लूनी माग्नाको ॥

(११)
ह्लानो लामा गम्बा पस्यो
चाङना लुनी लिई बस्यो
केलिन्दीको तीरमा ।
नाच, आज सेर्पा सेर्पी
श्यावा श्यावा फुर्की फुर्की
संसारभरमा पिर्ती ठूलो
जीउ हो आखिर चिहान धूलो
उल्टो बाटो छैन भलो
चैनमा पर्छ पीरको पोलो
नाच नाच, फमुल्‌फल्‌ मुल्की
केलिन्दीको जल झैँ टल्की
निर्मल भन्न्‌ सत्‌को बाटो
झूटो रीति बम्नु लाटो,