This page has not been proofread
(३)
ध्यानमा थियो 'ह्मे ह्मे'
आँखा चिम्लेको ।
चाडना हेर्थ्यो आँखा
बत्ती जस्तो आँखा
आधा चिम्लेको ॥
(४)
पस्दापस्दै लूनी रानी
लूनी रानी फूलकी खानी
लूनी रानी पानी पानी
डाँको छोडेर
सेर्पा 'चाङना' लाई
अँगालोले हाई !!
छोप्छिन् गएर ।
(५)
'ह्मे ह्मे' लामा आँखा खोल्छ
आँखा तीखो जसको बोल्छ
"केको खलबल यो ?"
(६)
बुझ्छ ह्मे ह्मे तीखो लामा
बुरुछ ह्मे ह्मे लामा तीखो
तीखो संसार देख्ने ह्लामा
प्रेमको यस्तो मेल हुनामा
उसको देख्ने तीखो आँखा
जलले टलपल भो !