This page has not been proofread
तौल तौल रति काँठ मिलाई ।
ईशाबाट रचना सन अड्छ ॥
एक नै पल भुले मृदु सत्य ।
मोक्ष गुम्छ मन यो तल गड्धछ ॥
(९७)
सत्य नीति जसंको छ धरामा ।
वीरका एिखर झै यति दिव्य ॥
हुन्न ती नृपतिमा डर त्रास ।
सत्य नोल्न यति गर्दछु आश ॥
(९८)
नाहिरी सन ननावटनाट ।
बिग्रियो छ दुनियाँ दिनरात ॥
सत्य भज्छ तर अन्तर आत्मा ।
नोक्रिदी छ नित झूट बढाई ॥
(९९)
हाय ! कृत्रिम छकावट साना ।
हाय ! लाज हलुकापन नाना ॥
हाय गर्व ! सब इज्जत टेढो ।
पार्छ सत्य विधुवा दुनियाँमा ॥
(१००)
त्रास लौकिक छ क्त्रिम नाहय ।
लुक्छ लाजसित अन्तर आत्मा ॥
काटिँदो छ यसरी दुख फ्याँक ।
बन्नलाइ दुनियाँ सन हाँक ॥
(१०१)
यी समस्त प्रभुका कमजोरी ।
छाडिबक्तनुपत्यो करजोरी ॥
गर्छु विन्ति गहले, अन नाथ !
सत्य स्वीकृति हओोस् सुखसाथ ॥"
(१०२)