Jump to content

Page:Shakuntala.pdf/290

From Nepali Proofreaders
This page has not been proofread

ताज यो हृदयको प्रभ्‌ ज्योति ।
भूपको प्रकृति दिव्य विभूति ॥
यो प्रकाश महिमा प्रभुबाट ।
त्याग्न हन्न नृहनेछ ललाट ॥
(९५)

वीरको हृदयमा सब हामी ।
क्षद्र मानिस सदा लिन आश ॥
हैर्दछौं प्रक्त सत्य नडग्नै ।
त्यो समुज्ज्वल सफा धुव जस्तो ॥
कम्पहीन हँसिलो छविबाट ।
मृत्यु खान्छ मुखमा दृढ लात ॥
एक इश्वर र सत्य छ नित्य ।
साहसी अमर दिव्य ड्वशारा ॥
त्यो नभै न जग जीवनलाई ।
पाइँदौ छ स्थिरता युगलाई ॥
वीरको हृदय आड लिएर ।
सत्यको नित छ कर्म प्रसिद्ध ॥
क्षृद्र अल्पबलका सन हामी ।
आशा यत्ति मनभित्र हेँदामा ॥
'सत्य जित्छ र असत्य छ गिर्ने ।'
छौँ सजीव सब प्राण अडेर ॥
सत्यशून्य सब विश्व नुभेमा ।
प्राण अड्छ जनको, सब जीव ॥
बन्दछन्‌ शावसमान नपीई ।
न्यायभित्र करुणा दिललाई ॥
मानिसै अमरताकन त्यागी ।
मर्त्य बन्दछ असत्य लिएर ॥
सत्य हो अमरको रविज्वाला ।
जो प्र्काशत ननाउँछ विश्व ॥
(९६)