This page has not been proofread
गरिसकेपछि हर्ष नारान र पुतली दुवैलाई अलि लज्जाभावले छोप्यो । दुवैले बोल्न सङ्कोच मानिरहे । हाँस्तो मुखमा दुवैले दुवैलाई पुलुक्क पुलुक्क हेरिरहने, परन्तु नबोल्ने भएर केही मिनेट दौडिसकेपछि लजाउँदै कोपिला मुस्कानमा हर्ष नारानले भने– "बोल न पुतली ! के नबोली मलाई सम्मान गरिरहेकी ?"
मन्द मुस्कानको गम्भीर चेहराले हर्ष नारानलाई पुलुक्क हेरिन् पुतलीले । "तिमीलाई कस्तो लाग्यो यहाँ पुतली । नमज्जा त लागेन ?" हर्ष नारानले स्नेह भरेको आवाजमा सोधे ।
हर्ष नारानतिर हेरेर लोलाएका आँखामा पुतली मुसुक्क हाँसिन् । हाँसेकी पुतलीको चिउँडो समातेर हर्ष नारानले बत्ती निभाए ।